भूकम्पमा बाट डोटीमा ६ जनाको मृत्यु ५ जना घाइते, ८ वटा घर भत्कियो…..

काठमाण्डाै – भूकम्पमा परेर डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भइसकेका छन्।

 

एक जना बेपत्ता छन् भने एक जना बच्चाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सञ्चार माध्याम लाइ जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेलाई उपचारका लागि अस्पताल पठाई सकेको छ ।

 

भूकम्पले ८ वटा घर भत्किएको छ । भूकम्पले थप क्षति गरेको हुन सक्ने आशंका छ भने । क्षतिको विवरण संकलनको काम भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

 

गएराति डोटीमा तीन पटकसम्म भूकम्प गएको थियो । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र विन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

केन्द्रका अनुसार त्यस अघि पनि त्यहि क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यस अघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।

सम्बन्धित समाचार