काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्याण्डिलिङ सेवा सञ्चालन गर्न माग गरेको छ । सो विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा बाह्य उडानका लागि ग्राउन्ड ह्यान्डलिङका लागि बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट व्यवसायिक सञ्चालनमा ल्याउने तयारी छ । बुद्धले सम्पूर्ण आन्तरिक तयारी समेत गरिसकेको बताएको छ । विमानस्थलको भरपुर उपयोग गरेर धेरैभन्दा धेरै पर्यटक (आन्तरिक एवं बाह्य) पोखरा र सम्पूर्ण गण्डकी प्रदेशमा भित्र्याउने बाटो खुलेको कम्पनीको भनाइ छ । गण्डकी प्रदेश र हरेक नेपालीको जीवनस्तर उकास्न र सामान सम्पत्ति सिर्जना गर्ने बाटो पनि खुल्न समेत कम्पनीले बताएको छ ।
बुद्धले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पाँचवटा विमान रात्री–बिसान गरी साताको ३०० उडान गर्ने कार्यतालिका बनाएको बताएको छ । जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान गर्नें उल्लेख छ । अन्तराष्ट्रियतर्फ साताको तीन दिन भारतको बनारस उडान गर्ने योजना छ । बुद्धले सम्बन्धित निकायमा दिनको दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादून उडान अनुमतिका लागि सम्बन्धित निकायमा निवेदन पेश गरेको समेत जनाएको छ ।
सानो उपत्यकामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानहरुले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका जहाजहरु कुन गन्तव्य जान सकिन्छ भन्ने बारेमा पनि बुद्धका प्राविधिक टिम अध्ययनरत रहेको बताएको छ । बुद्धले देशभर आफ्नो गन्तव्यमा आफैंले ग्राउन्ड ह्यान्डलिङ गरिरहेको छ । बुद्धले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ कार्य गर्न प्रस्ताव प्राधिकरणलाई बुझाएको छ । अनलाइन खबर बाट
प्रतिक्रिया दिनुहोस्