धुमधाम संग डोलीमा चढेर बेहुली लिन पुगे सलोन, विवाहमा बज्याे नाैमती बधाई को ओइरो 

काठमाडौं । अभिनेता सलोन बस्नेत र एयरहोस्टेस तथा मोडल करिश्मा केसीको आज चन्द्रागिरी रिसोर्टमा विवाह भएको छ । करिब चार वर्ष लामो प्रेम सम्बन्धमा रहेर आज यो जोडीले विवाह गरेका छन् ।

सलोन बेहुली लिन डोलीमा चढेर रिर्सोट पुगेका हुन् । विवाहमा नौमती बाजा सहित धुमधाम संग गरेका छन्  ।

शनिबार र आइतबार यो जोडीले चन्द्रागिरी रिसोर्टमै मेहेन्दी समारोह मनाएको थियो । जहाँ अभिनेता भुवन केसी आफ्नी प्रेमिका जिया केसी र अभिनेत्री पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानियाँसग पुगेका थिए ।

वर्षा, संजोग, आमेस, सलिनमान बानियाँलगायतका अरु थुप्रै कलाकारहरु पनि समारोहमा सहभागी गराइयको छ।

 

सम्बन्धित समाचार