बागबजारका व्यवसायी आन्दाेलित महानगरले सडकमा पार्किङ गरिएका गाडी हटाउन थालेपछि

काठमाण्डाै – काठमाण्डाैकाे बागबजारमा सडकमा पार्किङ गरिएका गाडी काठमाण्डाै महानगरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायी हरु आन्दोलित भएका हुन् ।

 

काठमाण्डाैकाे बागबजारमा सडकमा नै गाडी पार्किङ गर्दै आएका छन् । काठमाण्डाै महानगरपालिकाले विगत केही दिनदेखि सडकमा पार्किङ गरिएका गाडी हटाउन थालेपछि आफूहरूलाई असहज भएको भन्दै व्यवसायी आन्दोलित बनेका छन्  ।

 

आज बिहीवार व्यवसायीले व्यवसाय बन्द गरेर महानगरको कदमप्रति विरोध जनाएका छन् । महानगरले बागबजारको सडकमा कालोपत्र गरेको थियो । कालोपत्र गरिसकेपछि सडकमा गाडी पार्किङ गर्न महानगरले रोकेको हो । व्यवस्थित पार्किङको अभावमा सडकमै पार्किङ गर्ने गरिएको भन्दै व्यवसायीले आफूहरूलाई जबरजस्ती गर्नुभन्दा विकल्प दिनुपर्ने बताएका छन् । लाखौँ रकम व्यवसायमा लगाएर जीविकोपार्जन गरिरहेको भन्दै महानगरको यस प्रकारको कदमले दैनिक जीवनयापन र व्यापार व्यवसायमा असर परेको उनीहरूले गुनासो गरेका छन्  ।

 

आफूहरूले महानगरपालिकासँग विकल्पको माग गर्दै व्यवसायसमेत बन्द गरेर आन्दोलित हुनुपरेको व्यवसायी राज कार्कीले बताउनुभयो । उहाँले परिवर्तनको नाममा जनतालाई दुःख नदिन महानगरपालिकाका प्रमुखलाई आग्रह गर्नुभयो । व्यवसायी कार्कीले महानगरले आफूहरूको आवाज नसुनेको भन्दै आन्दोलन जारी रहने बताउनुभयो ।

 

सम्बन्धित समाचार