कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया,फ्रान्स र मोरक्को भिड्दै

प्रकाश दर्नाल’शितल’

दोहा, कतार : कतारमा अहिले फिफा विश्वकप फुटबलको २२ औं संस्करण जारी छ । क्वाटरफाइनल खेल अन्तर्गत शनिवार राति तेश्रो सेमिफाइनलको खेल सम्पन्न भएको छ । शनिबार राति भएको  खेलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै अफ्रिकन राष्ट्रबाट मोरक्को सेमिफाइनल प्रवेश गरेको छ ।

 

अल थुमामा स्टेडियममा भएको खेलमा  एटिया अल्लाहको पासमा मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले ४२ औं मिनेटमा गोल गरे जुन निर्णायक समेत बन्यो । वालिड चेडिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर ईन्जुरी समयमा मैदानबाट बाहिरिए पछि मोरक्को १० खेलाडीमा समेटिन पुगे पनि नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । मोरक्कोले जितको खुसीयाली मनाइरहँदा पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।

 

त्यसैगरी शनिबा राति भएको अन्तिम क्वाटरफाइनलको खेलमा साविक विजेता फ्रान्सले इंग्ल्याण्डलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

 

योसँगै कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनलका खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । चार टोलीमा साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना, मोरक्को र फ्रान्स रहेका छन् ।

पहिलो सेमिफाइनल अर्जेन्टिना र क्रोएसियाबीच आउँदो मंगलबार नेपाली समय अनुसार राति १२ बजेर ४५ मिनेटमा अल लुसेल स्टेडियममा हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधवार राति १२ बजेर ४५ मिनेटमा अल वायात स्टेडियममा हुनेछ ।

 

सम्बन्धित समाचार