दुखद खबर : हराएकाे एक हप्तापछि महिलाकाे शव गाडिएकाे अवस्थामा भेटियो……

मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ की ३६ वर्षीया सरस्वती वाइबाको हत्या गरेर पुरिएको अवस्थामा शव फेला परेको हो  ।

एक हप्तादेखि घरबाट हराइरहेकी वाइबाको शव पुरिएको अवस्थामा फेला पर्नुले पनि हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले जानकारी दिनु भयो । सरस्वतीले आत्महत्या गरेको भए शव पुरिएको अवस्थामा फेला नपर्ने र शव पुरिएको अवस्थामा फेला परेकाले कसैले हत्या गरेर पुरेको हुन सक्ने उहाँले बताउनुभयाे । यस विषयमा अनुसन्धान भइरहेकोले कसले हत्या गर्‍याे भनेर अहिले नै भन्न नसकिने प्रहरीको बताएको छ ।

इन्द्रसरोवर–३ ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा वाइबाको शव उनकै श्रीमान वीरबहादुरले फेला पारेका थिए । वीरबहादुरले केही दिनअघि मात्र श्रीमती हराएको भनि जिल्ला प्रहरी कार्यलय मकवानपुरमा खोजी गरिदिन भन्दै फोटोसहित निवेदन दिएका थिए । वीरबहादुरले हिजाे शनिवार बेलुकी श्रीमतीको शव खाल्डोमा पुरिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।

शव स्थानीय ठुलोकान्छा वाइवाको घरभन्दा ५० मिटर पर बारीमा अनुहार र कपडाको केही भागमात्र देखिने गरि खाल्डोमा पुरिएको अवस्थामा भेटेपछि वीरबहादुरले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी सिस्नेरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट कुकुरसहित खटिएको प्रहरी टोलीले घटनाको बारेमा जानकारी लिएर मुचुल्का तयार पारि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सरस्वतीकाे शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको मकवानपुरका एसपी गौतमले जानकारी दिनुभएको छ  ।

सम्बन्धित समाचार