साउदी अरेबियामा तामाङ घेदुङले दुई शहरमा ल्होछार कार्यक्रको भव्य तयारी गर्दै

साउदी अरेबियामा तामाङ घेदुङका प्रवास शाखाले दुई शहरमा ल्होछार मनाउने तयारीमा झुटेको छ ।घेदुङका प्रवास शाखाले रियादमा र क्षेत्रीय घेदुङले दमाममा गरि दुई शहरमा ल्होछार मनाउन भएको हो ।

घेदुङका प्रवास शाखाले रियादस्थित एक्जिट ९ मा बृहत ल्होछार कार्यक्रम गर्ने वरिष्ठ उपाध्यक्ष अमृत घिसिङले जानकारी दिनु भएको छ । उनीले भने अनुसार कार्यक्रम हलसम्म पुग्न यातायातको व्यवस्था समेत गरिएको छ ।

रोजगारीका लागि साउदी पुगेका तामाङ सामुदायिक कला संस्कृति मौलिकता जोगाउने उदेश्यको साथ ल्होछार कार्यक्रम गर्न लागिएको हो शाखाका अध्यक्ष रुपक वाइबाले भने,` यसरी कार्यक्रम गर्दा धर्म, संस्कृति, कला, भाषा लगाएको संरक्षण हुनुका साथै मानसिक तनाव घट्न सहयोग पुग्ने बताएका छन् ।

घेदुङका प्रवास शाखाका अनुसार नेपालबाट कलाकारका भिसा झन्झटिलो भएका कारण यस कार्यक्रममा साउदीमा रोजगारी गरिरहेका कलाकार लाईनै पहिलो प्राथमिकता दिने बताइएको छ । सन् २०१४ मा स्थापित शाखाको केन्द्रिय समिति यसअघि जेद्दा रहेपनि गत नोभेम्बरबाट रियाद ल्याएको हो ।

त्यसैगरी घेदुङका प्रवास शाखाका क्षेत्रीय समिति दमामले जनवरी २७ तारीखमा ल्होछार मनाउन लागिएको अध्यक्ष एवं कार्यक्रम संयोजक बिजय लामाले जानकारी दिएका छन् ।

दमामस्थित प्यारागन रेस्टुरेन्टको हलमा ल्होछार कार्यक्रम गर्न लागिएको छ। क्षेत्रीय घेदुङ दमामले शुक्रबार होलिडेन रेस्टुरेन्टमा एक बैठक राखेर कार्यक्रमका रुपरेखाका बारेमा छलफल गरेर जिम्मेवारी समेत बाँडफाँड गरि अध्यक्ष एवं कार्यक्रम संयोजक लामाले भने, सन् २०१९ मा स्थापना भएको क्षेत्रीय घेदुङ दमामले सोही बर्ष बृहत ल्होछार कार्यक्रम, सचेतना मुलक कार्यक्रमहरु, बुद्ध जयन्ती र विभिन्न रोगबाट ग्रसित रोगी, शिक्षा लगायका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

उनले थपे, शिक्षा र बिरामीका क्षेत्रमा भने अझ फराकिलो ढंगले सहयोग हुनेगरी गैर तामाङहरुलाई समेत समेटिएका निर्णय गरेका थिए ।

सम्बन्धित समाचार