जेनिशा गौतमको ‘यहीं कतै ‘ सार्वजनिक हेर्नुस् भिडियो सहित

काठमाण्डौं ।  प्रबिशा अधिकारी र शनिष श्रेष्ठमा रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ ।

प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र प्रज्वल गौतमको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको बिभिन्न स्थानमा छायाँकन गरिएको छ । जेनिशाको अभिनय एबम् स्वरमा यस अघि ऐंसेलु दाना, महँगीले मार्यो बरिलै, माया बराबरी, सुटुक्कै लगायतका बिभिन्न लोकप्रिय गीतहरु सार्बजनिक भैसकेका छन् ।

गायन र अभिनयमा जमेकी उनको भिडियो निर्देशनमा भने यो पहिलो प्रयास रहेको उनले बताइन । गीतको पु्रा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

 

 

सम्बन्धित समाचार