गायक अनिस नुमिहाङ् राई र सुनिता बान्तवा राई’को पुर्वेली लोक दोहोरी गीत शिरमा लगाउने फुल सार्वजनिक।

 

काठमाडौं – गायक अनिस नुमिहाङ् राई र सुनिता बान्तवा राईको स्वरमा सजिएको पुर्वेली लोक दोहोरी गीत शिरमा लगाउने फुल हालै सार्वजनिक भएको छ ।

 

निकै नै रोमान्टिक अनि मायाँ पिरतीको कुरालाई समेटिएको उक्त गीतमा साहित्यकार तथा गीतकार लोकेन्द्र नुमिहाङ् सिलिन्टारेको शब्द रचना रहेको छ।

 

गाउँघर तिर बोलिने निकै नै मिठो अनि टिपिकल भाषामा आधारित सो गीतमा संगीत भने गायक तथा संगीतकार मनिपाल राईको रहेको छ। जस्लाई संगीत संयोजन राजु कार्कीले गर्नु भएको हो।

काठमाण्डौ को अनामनगर स्थित किङ् रेकर्डिङ स्टुडियोमा अडियो भिडियो तयार गरिएको उक्त गीतलाई सोही स्टुडियोको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियो हेर्नुहोस् :-

सम्बन्धित समाचार