काठमाण्डाै – नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको एकीकरण टर्च र्याली काठमाण्डाै आइपुगेको हो ।
गएको बिहीवार गोरखाबाट हिँडेको एकीकरण मार्ग पदयात्रा आज बिहान काठमाण्डाै आइपुगेको हो । गोरखाबाट हिँडेको टोली धादिङको भर्याङभुरुङ, नुवाकोट र ककनी हुँदै काठमाण्डाै आइपुगेको छ।
काठमाण्डाै आउने क्रममा तारकेश्वर वडा नम्बर ३ ले पाँचमानेमा टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडाध्यक्ष पर्शुराम अर्यालले जानकारी दिनुएको छ ।
काठमाण्डाै आइपुगेको टाेली आज हनुमानढोकामा पुग्ने नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताएका छन् ।
र्यालीमा सहभागी सैनिक पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोसाक र हतियारमा सजिएका छन् । सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा भोलि बुधवार विशेष कार्यक्रम गरेर र्यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ ।

PsLs/0f 6r{ ¥ofnL
g]kfn PsLs/0fsf] qmddf k[YjLgf/fo0f zfx lxF8]sf] af6f] k5ofpFb} uf]/vfaf6 k’; @! ut] lgl:sPsf] PsLs/0f 6r{ ¥ofnLÚ wflbª, g’jfsf]6 x’Fb} dªunaf/ sf7df8f}Fsf] tf/s]Zj/ gu/kflnsf #, kfFrdfg]df cfOk’u]sf ¥ofnLdf ;xefuLx? . tl:a/ M xl//fd e]6’jfn÷ /f;;
प्रतिक्रिया दिनुहोस्