फिल्म राम्रो भयो भने नराम्रो त मिडियाले पनि लेख्दैन नी ‘नायिका साम्राज्ञी’ !

साम्राज्ञी राज्यलक्ष्मी कुनै समय मिडियासँग मित्रवत व्यवहार गर्ने नायिकाको रुपमा परिचित थिइन् । तर, फिल्म ‘रातो टिका निधारमा’ फ्लप भएपछि साम्राज्ञी बदलिइन् ।

 

उनी, विशेषगरि लकडाउनमा मिडियाप्रति बढी रुष्ट देखिएकी थिइन् । एक म्यूजिक भिडियो रिलिज कार्यक्रममा त उनी मिडियाको अगाडि आउन पनि चाहिनन् ।

 

केही बर्ष अगाडि त उनले युट्युबमा शिर्षक जे पनि राखिएको भन्दै मिडियाको आलोचना मात्र गरिनन्, आफै युट्युब च्यानल पनि खोलिन् । तर, अब भने साम्राज्ञीको मिडियाको बारेमा बुझाई फेरिएको छ ।

 

एक आयोजित फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर रिलिज कार्यक्रममा मिडियासँग खुलेरै गफिएकी साम्राज्ञीलाई मिडियाप्रति भरोसा पनि बढेको छ ।

 

फिल्म चलेन भने मिडियामा आउने हेडलाइन्स र समाचारलाई कसरी लिनु हुन्छ भन्ने प्रश्नमा उनले भनिन्–‘राम्रो फिल्म बन्यो भने त मिडियाले पनि नराम्रो लेख्दैन नी । यसैले, सबैभन्दा पहिले त फिल्म नै राम्रो बन्नुपर्छ ।’

 

कुनै समय आफ्नै स्टारडममा बढी विश्वास गर्ने साम्राज्ञी अब फिल्मको कथावस्तुमा बढी विश्वासिलो बनेकी छिन्।

 

सम्बन्धित समाचार