विमान चड्नु अघि यसरी माघे संक्रान्तिको शुभकामना दिँदै पोखरा लागेकी थिइन् गायिका नीरा छन्त्याल

पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि मृत्यु भएको छ ।

उनी माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन प्रस्थान गरेकी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् ।

 

 

नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा पुरुष तथा महिला भलिबल प्रतियोगता गर्ने कार्यक्रम थियो । त्यस अवसरमा नीराले सांगीतिक प्रस्तुति दिने तयारी थियो । विमान दुर्घनापछि कार्यक्रम गरिएको नेपाल छन्त्याल युवा संघ कास्कीका सचिव नवीन घर्ती छन्त्यालले जानकारी दिए ।

 

नीरा लाइभ दोहोरीमा चलेकी कलाकार हुन् ।र आज माघे संक्रान्तिको शुभकामना आफ्नो सामाजिक सञ्जालबाट दिएकी थिइन् यो पनि हेर्नुस्

सम्बन्धित समाचार