चाइनिज नयाँ बर्ष रिमिक्स धमाका-१४’ सांगीतिक कार्यक्रम भब्य रुपमा आयोजना हुँदै

क्वालालम्पुर (मलेसिया):= सन् २०२३ को यहीँ जनवरी महिनामा मलेसियामा परेको चाइनिज नयाँ बर्ष (चाइनिज न्यु इयर) को अवसरमा सार्वजनिक विदाको सदुपयोग गर्दै ‘रिमिक्स धमाका-१४’ सांगीतिक कार्यक्रम भब्य रुपमा आयोजना हुने भएको छ।

 

जिरो माइलको प्रमुख आयोजनामा ‘रिमिक्स धमाका’ कार्यक्रम यहीँ मिति जनवरी २२ तारिख आइतबार , २३ तारिख सोमबार र २४ तारिख मंगलबारको दिन मलेसियाको विभिन्न मुख्य-मुख्य शहरहरुमा आयोजना हुन गैइरहेको मलेसियाका नेपाली व्यवसायी र कार्यक्रमका संयोजक राजेश श्रेष्ठले रिमिक्स धमाकाको मिडिया पार्ट्नर समेत रहेका मलाया खबरलाई जानकारी दिनुभयो।

 

रिमिक्स धमाका मलेसियामा हरेक बर्ष आयोजना हुँदै आएको कार्यक्रम हो, जसमा नेपालबाट ख्यातिप्राप्त नेपाली कलाकारहरुको सहभागीता रहने गरेको छ। यस् बर्षको १४ संस्करणको रिमिक्स धमाका जनवरी २२ मा बाटुपहाडको एसकेजे चाइनिज स्कुलमा, जनवरी २३ मा चेमरल्याङ जेबिको जोहोरमा र जनवरी २४ तारिखमा क्वालालाम्पुरस्थित होटल ग्रयाण्ड कन्टिनेन्टलमा आयोजना हुने संयोजक श्रेष्ठले बताउनुभयो।

 

 

 

कार्यक्रममा ख्यातीप्राप्त गायक–गायीका हरु आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आलेमगर तथा डान्सर अन्जली अधिकारी र प्रिती पासवान लगायत कलाकारहरुको धमाकेदार प्रस्तुती रहने संयोजक श्रेष्ठले बताउनुभयो।

 

मलेसियामा रहेका नेपाली श्रमिक तथा विभिन्न पेशा–व्यवसायमा संलग्न नेपालीहरुलाई मनोरञ्जनका अलवा भेटघाट र सुखदुःख साटासाटको अवसर जुराउन तथा नेपाली कलाकारहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन रिमिक्स धमाका कार्यक्रम गर्दै आएको आयोजक क्ष्रेष्ठले भन्नुभयो।

 

रिमिक्स धमाका कार्यक्रमको टिकट प्रभु पेमार्फत पनि किन्न सकिने जानकारी दिदै संयोजक श्रेष्ठले मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित हुन , सहभागिताका लागि अनुरोध गर्नुभएको छ। साथै यस पटकको रिमिक्स धमाका सांगीतिक कार्यक्रममा इन्टरनेशनल सोसियल अवार्डको कार्यक्रम पनि हुने संयोजक श्रेष्ठले बताउनुभयो।

सम्बन्धित समाचार