कास्की आदर्श समाज कतारको आयोजनामा शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न…

दोहा,कतार / कास्की आदर्श समाज कतारले आयोजना गरेको अङ्ग्रेजी नयाँ वर्ष बिशेष शुभकामना आदानप्रदान तथा विविध  सास्कृतिक कार्यक्रम शुक्रबार भब्य रुपमा सम्पन्न भएको छ।

सस्थाका अध्यक्ष श्री अग्निधर देबकोटाको सभापतित्वमा सन्चालन भएको कार्यक्रमको प्रमुख अथिती गैर आबसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (NRNA-ICC) का युबा उपाध्यक्ष श्री राज रेग्मी रहनु भएको थियो ।

बिधिवत रुपमा ब्यानर अनावरण र बाल कलाकार एनजिशा बरालको स्वागत नृत्यसङ्गै औपचारिक रुममा संचालन भएको कार्यक्रममा सस्थाका वरिष्ठ उपाध्यक्ष सुरज रानाभाटले स्वागत मन्तव्य राख्नु भएको थियो।

सनैयाको अलतिया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख राकेश श्रेष्ठ,रक्तदाता संघबाट रामजी खत्री,नेपाली महिला समाज कतारकी प्रथम उपाध्यक्ष माया के.सी,अन्तर्राष्ट्रिय मुस्लिम समाजका अध्यक्ष अजमत अली लगायतको थुप्रै संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सस्थाले विभिन्न समयमा गरेको  उदाहरणीय कामहरुको प्रसंशा गर्दै आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

कास्की आदर्श समाजकै सचीव बिष्णु तिमिल्सिना र कार्यक्रम संयोजक उपाध्यक्ष अमृत बिश्वकर्माले सहजीकरण गरेको कार्यक्रममा सामाजिक तथा बिशिस्ट ब्याक्तित्वहरु नबीन पौडेल ,केशु गुरुंग, रामचन्द्र सुनुवार र रामहरी खत्रीलाई सस्था प्रती गर्नु भएको सहयोग र योगदानको कदर गर्दै सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

दोहा पुल्स एन्ड लैंडस्कैपको मुख्य प्रायोजक रहेको कार्यक्रममा फेवा सास्कृतिक परिवार सहित गुना मगर’निशु’, रेश्मा सेन्चुरी, अमृत परियार,रामबाबु, अञ्जली क्षेत्री, लोकेन्द्र बिश्वकर्मा, रेशम बस्नेत, सिबी गुरुङ, मनप्रसाद राना मगर लगायतका कलाकारहरुले उल्लेखिय दर्शकहरुको माझ उत्कृष्ट सास्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।

अन्तमा सभापति देबकोटाले कार्यक्रम सफल बनाउनको लागि उपस्थित भएर सहयोग गरिदिनु हुने विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकारहरु सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमको बिट मार्नु भएको थियो ।

“कास्की आदर्शको चाहाना,सभ्य र समृद्ध समाजको स्थापना”भन्ने मुल नारा सहित वि.स.२००२ मा स्थापना भएको सस्था कतारमा रहेका संघ सस्थाहरु मध्यको एउटा पुरानो सस्थाको रुपमा परिचीत सस्था हो ।

सम्बन्धित समाचार