ताप्लेजुङ – जिल्ला विपद् व्यवस्थापन समितिले विपन्न परिवारलाई सिरक वितरण गरेको छ । समितिले जिल्लाभरका अति विपन्न परिवारलाई चिसाे माैसममा सिरक वितरण गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक अर्थात प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जिल्लाका एक सय २२ परिवारलाई सिरक वितरण गरिएको बताउनुभयो । जिल्लाका पालिकाहरुका सम्बन्धित वडाको सिफारिसका आधारमा विपन्न परिवारलाई एक थानका दरले सिरक वितरण गरिएको हो ।
ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका गरी नौवटा पालिका र ६१ वटा वडा छन् । प्रत्येक वडाबाट २/२ विपन्न परिवारका रूपमा सिफारिस भएका परिवारलाई न्यानो सिरक वितरण गरेको प्रजिअ पोख्रेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्