परदेशी गायक मङ्गल बि.क ले ल्याए मौलिक पञ्चेबाजा गित “छिट्टै आउनु लिन”

दोहा,कतार / नेपाली समाजमा माघ महिनालाई बिशेष गरी लगनगाठो कस्ने महिनाको रुपमा लिइन्छ । यो महिनामा थुप्रै युवा युवतीहरु विवाह बन्धनमा बाधिने गर्छ्न । यहि मौका छोपेर मौलिक नेपाली गितसङ्गीतमा झुकाव राख्ने गितकार सङ्गीतकारहरुले पनि बिबाहमा बजाइने मौलिक पञ्चेबाजा गीतहरु साङ्गीतिक बजारमा पस्किने गर्छ्न ।

यहि क्रममा हाल कतारलाई कर्मथलो बनाउदै आएका गायक तथा सङ्गीतकार मंगल बि.क र गायिका बसन्ती थापा मगरले हालसालै यस्तै एउटा मौलिक पञ्चेबाजा गित ” छिट्टै आउनु लिन” सार्वजनिक गरेका छन ।

प्रेम सापकोटा ‘सोनु’को शब्द सिर्जनामा मङ्गल बि.क र बसन्ती थापाको सुमधुर आवाज सुन्न पाइने गितको संगीत गायक स्वयंले भरेका हुन।स्थायी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई जुजु गुरुङले एरेन्ज गरेका हुन,भने  मिक्सिङ कुमार शोमारेले गरेका हुन ।

सुनिल सुन्दासको छायाँकन तथा निर्देशनमा तयार पारिएको भिडियोमा मनोज चौधरीले ड्रोन उडाएर साथ दिएका थिए। किशोर चौधरीले सम्पादन गरेको गीतको भिडियोमा प्रेम गुप्ता, रेश्मा सुबेदी, बिनोद गुरुङ, सोफिया, अनुज केसी र पप पाठक लगायतकोे उत्कृष्ट अभिनय हेर्न सकिन्छ ।

 

भिडियो हेर्न तल क्लिक गर्नुहोला;

सम्बन्धित समाचार