तेन्जु योन्जन
भनिन्छ प्राणि जगतमा मानव सर्बश्रेष्ट प्राणिको रुपमा परिचित छौं । त्यसैले समाज र राष्ट्र निर्माणको खतिर सदा सदा लागिरहेको हुनेछौं । जब कुनै मानिस आफ्नी आमाको गर्वबाट जुन माटोमा पहिलो पाईला टेकिन्छ त्यही माटो आफ्नो हो । आमा र माटोको गहिरो सम्बन्ध हुनेछ । त्यसैले धर्तीमा जन्मिंदा स्वतन्त्र भएर जन्मिन्छ । जब उ ताते गर्न हिडडुल गर्न थाल्छ
आमाको माया स्नेहले अनुसासन सिकाउछ। बाबाबाट कर्तव्य सिक्छ अनि भविष्य निर्माणको खातिर अभिन्न अंगको रुपमा शिक्षालाई लिईने हुनाले प्रत्यक मानिसले आ-आफ्नै तवरले शिक्षा लिई रहेको हुन्छ चाहे स्कुल गएर होस या घारमै या गुरुकुल
विभिन्न माध्यमबाट उस्ले विभिन्न खाले आध्यान गरिरहेको हुनेछ। सायद त्यसैले होला मानिसलाई चेतनसिल प्राणिको उपमा मिल्यो ।
जब त्यही माटो त्यही आगन त्यही आमाको प्यारो काखमा खेल्दै उमेर चढ्दै जान्छ । अनि शिक्षाको निमित्त बिधालयमा भर्ना गरिन्छ। त्यही अनुसान पाठ सिकाईन्छ।
यस मध्यको प्राणी म स्वयंम हु जब म बिधालय पढन गए संगैं अनुशासनको पाठ सिक्दैं गुरुले दिएको गृहकार्य गर्नु,अक्षर अंक चिन्नु अनि गलत र सही छुट्याएर अघि बढनु परे पछि मेरो स्वतन्त्रता नजानिदो पारामा बिस्तारैं लुटिदै गएको अनुभव हुन थाल्छ ।
पुर्व नेपाल खोटाङको पाहाडी माटोमा मध्यम बर्ग परिवारमा हुर्किदै गरेको म भित्र समाजका कुरिती कुसंस्कार अनि द्वन्द्धात्मक राजनीतिको कारण
कुनै दिन
मेरो सानो र सागुरो दिमागमा सँकुचित राजनीतिको पाठहरु घोकाउन थालीसकेको थियो। मेरो उचाई र उमेर बढेसंगैं चौतर्फी नीति र समाज भित्रको सस्कारमा अनुबन्धिंत हुदै जान थालीसकेको थिए ।तर मेरो सानो र सँकुचित परिधी भित्रको दिमागले म के बुझथें र राजनीतिको यथार्थ अर्थ र परिभाषा । कुन पार्टी कुन संगठन , कस्तो हो ?शिद्धान्त कस्तो छ ?राम्रो नराम्रो के कसरी र कस्तो आधारमा छुट्याउने भन्ने म आफै भित्र अनेकौं प्रश्न खडा हुन्थे ।
अनि म आफै सोच्न पुग्थे
हिजो म स्वतन्त्र थिए त्यसैले सबैको प्यारो पनि ,परिवारको सदस्यहरु जुन पार्टीमा आस्था राख्दथे, भनौ वा आफ्नो आफन्त, साथीभाईको करकापमा भनौ उनीहरुले जे सिन्द्धांत अपनाए त्यहि अपनाउन कोहि बाध्य भए कोहि रहरले लागे ।कोहि आश्वाशनमा केहि काम बन्छ भनेर कोहि नेता बनेर ठुलो बन्ने रहर आदि इत्यादि ।त्यसैले पनि हिजो म स्वतन्त्र रहंदा पनि जुन पार्टीको आस्था भएको मान्छे संग हिडे त्यसैको रंग छ्याप्न आतुर हुन्थे ।जुन राजनीतिक दलका साथीहरुसंग नजिक भएर हिड्यो त्यही दलको कार्यकर्ताको रुपमा मलाई चिन्थे ।
त्यसैले म निस्वार्थ भावानाले समर्थन गर्थे
एक दुई पटक त मेरो साथिहरुको निर्णयमा संगठन परिवर्तन गरियो जुन बेला एउटै पार्टि बिभाजको स्थितिमा उभिएको थियो । त्यसबेला र अहिले सम्मको मेरो निकट तथा प्रिय् मित्र सुर्य बहादुर राईलाई जीवन भर बिर्सनु सक्दिन साथै मेरा आदरणीय सरहरु केसव कार्की , नरेन्द्र राई पदम तामाङ्ग , रुद्र राई , धन प्रसाद सुवेदी , नरनाथ गेलाल ,कुमार पराजुली, दिनराज निरौला लगायत सम्पुर्ण सरहरुलाई हृदय देखि सम्मान गर्दछु ।
सबैलाई आदर सत्कार र मान मर्यादा अनि सामाजिक परोपकारी कार्यमा पनि भित्रि मन देखि सक्रिय भएर लागेर पनि होला त्यसैको कारण होला त्यस ताका सबै पार्टीका अगुवाहरु यिनी त हाम्रै पार्टीमा आस्था राख्ने व्यक्ति हुन् भन्न पनि बाँकी राखेनन् ।तर आफु स्वतन्त हुदै रमाउने हुँदा एक सचेत स्वतन्त्र नागरिक भए मात्र सहि व्यक्त्ति चुन्न सकिन्छ भन्ने मान्यता राख्दथे ।ताकी कुनै पार्टी दलमा आबद्द र आस्था राखे भने त म आँखा चिम्लेर पार्टीले टिकट दिएको राम्रो नराम्रो नेता जो सुकैंलाई समर्थन गर्नुपर्ने हुन्छ ।
सेतोलाई कालो भन्दा भनि त्यो झुटो आस्थाको परिधि र नियममा बाँधिएको हुँदा पालना गर्न बाध्य हुन्छ।मेरो स्वविवेक र बिचारको अनि समयको माग पुरा गर्न सक्ने योग्य व्यक्ति मैले अवश्य चुन्न पाउने अधिकारबाट बन्चित हुने छु ।यस्तै कुराहरु र यस्तै बिचारहरु मन्थन भैरहन्थ्यो ।तर आफु संगैका साथीभाईहरु बुझ्दै नबुझी आफ्नो पारिवारिक संस्कारको रुपमा राजनीतिमा होमिंन्थे ।
जब राजनीति बिषयमा र राष्ट्र राष्ट्रियता समाजको बिषयमा बुझ्न थालेको मात्र के थिए । आवस्यकताहरुको चाङ म माथी थियो। त्यसैले म राजनीति भन्दा आफ्नो परिवारिक समस्या समाधान गर्न अगाडि बढ्नु पर्छ भन्ने मनसायले राजनीति भम्दा केहि पर रहेको हु तर राजनीतिबाट भागेको भने कदापी हैन ।
आफ्नो देशमा सु शासन नहुदाको पीडा म जस्ता ७० देखि ७५ लाखको हाराहारीमा रहेको युवाहरूले सहुलियत मुल्यमा वैदेशिक रोजगारको नाममा आफ्नो श्रम बेच्नु बिबस छौं ।
बाध्यता र बिबस्ताको हुरिले हुत्याउदै हुत्याउदै आज प्रवासको माटोमा संघ्रष गरेको पनि दुई दसक बितिसकेछ प्रवासमा रहेर पनि निकै सस्थामा आबद्द भएर खटिए खटिरहेको छु यो प्रवासी बसाई र संघ्रषले मलाई धेरै पाठ सिकायो । जिवन जिउने आधार सिकायो ।
राजनीतिका अनुभव सिकायो । स्वतन्त्रता के हो भन्ने राम्रो पाठ सिकायो ।
त्यसैले मलाई लाग्छ
राजनीति बुझ्न सबैंले अत्यन्त जरुरी छ तर राजनीति भित्र फोहोरी खेलको राजनीति गर्न आवश्यक छैन ।हरेक क्षेत्रमा राजनीति हाबी हुनु , र राजनीतिक बैइमानी जस्ता गलत प्रवृत्तिले देश बिकाशको गतिमा अगाडी बढ्नु त कुरै छोडौ सुरुवात नै हुन सकेको छैन ।
जसको फलस्वरूप भ्रष्टाचार गर्ने उत्प्रेरित देखिन्छ देशको विकासमा राजनीतिक स्थायित्व र शान्ति सुव्यवस्था कायम हुनुपर्छ ।
अहिले त झन् देशमा मात्र सिमित नरहेर राजनीतिक भातृ संगठन जहाँ जहाँ हामी नेपालिहरु श्रम बेचिरहेका छौ । त्यहाँ त्यहाँ बिश्वभरि संगठन संघ सस्था फैलिसकेको छ वा फ़ैलाइसकिएको छ । प्रवाशमा रहेर पनि राजनीतिक भातृ संगठनले सामाजिक परोपकारी कार्यमा जुटेर गरेका सामाजिक रचनात्मक कार्यहरु सकारात्मक पाटो सोच्नै पर्छ जुन काम सराहनिय छन् ।
जसको प्रशंसा र कदर खुलेर गर्नुपर्छ ।
तर अपबाद पनि शृजना भएको छ त्यो हो कहिले काहि हरेक सामाजिक संघ संस्थामा मजदुरहरुको हक हितको नाममा खोलिएको सस्था एन आर एन जस्ता गरिमामय संगठन (सस्था) मा रहेका केही पदाधिकारी भनाउदा बाटै श्रम सोसन गरिएको गुनासो आउनु त्यहाँ भित्र राजनीतिक गुटबन्दी आदि हाबी हुँदा र सामाजिक संस्थाको महत्व र उदेश्यको धज्जी उडाएको देख्दा सुन्दा ज्यादै दुख लाग्छ । केवल आषण भाषण र पद र कुर्सीमा लिप्त भै श्रमिकहरुको रगत पसिना भित्र स्वार्थी स्वाभावले आफ्नो स्वार्थ खोज्ने अनि ठुटे नेता बनेर भविष्यमा ठुलै नेता बन्ने मौका हातपार्ने दाउमा राजनीतिक पार्टी ,भात्री संगठनको त कुरै छोडौ यहां सामाजिक संघ संस्था, शैक्षिक संघसंस्था, संस्थान, सरकारी कार्यालय, हस्पिटल, उद्योग कलकारखाना, कानुनि क्षेत्र, पत्रकारीता आदि जुनसुकै क्षेत्रमा किन नहोस् जहाँ सुकै, जुन सुकै ठाउँमा युनियनको आवरणमा राजनीति गुठबन्दीले आछुतो छदैछैन । जहाँ पनि बिभेद, अनमेल र पदको लुछाचुडी गरेर हिड्नेको ठुलै जमात् हाम्रै आँखा अगाडि घाम जस्तै छर्लङ्ग छ ।
जसको कारण सहि सामाजिक काम गर्ने र स्वतन्त्र रुपमा साझा जनहितमा कार्य गर्नेलाई पनि नकारात्मक प्रभाव पारेको छ ।हरेकले आ आफनै स्वतन्त्रता र बिबेक प्रयोग गर्न पाउनु त नैसर्गिक अधिकारको कुरा हो ।तर सामाजिक कार्यमा सबैको सकारात्मक सोच र सहमति हुन आवश्यक छ ।जब हामी नेपाली एक अर्कामा लड्छौ,हामीमा विभेद र अनमेल रहिरहन्छ लोकतान्त्रिक गणतन्त्र घोषणा भएको एक दसक बितिसक्दा पनि जस्तै हाल प्रदेशको नामकरण बिषयमा , संघिताको बिषयमा सरकारले गरिएको एकल पहिचान हवि प्रवृत्ति देखाउदै विभेद पुर्ण तथा बिबादस्त प्रचार बाजि गर्नु नै ज्वाल्त उदाहरण हो । यस्तो प्रवृत्तिले जब सम्म न समाज बन्छ न राष्ट्र नै ,यसको परिणाम दुख, कष्ट र समस्या त हामीले भोग्छौ नै अर्को हाम्रो देशमाथि बाहिरी शक्तिले आक्रमण र प्रहार गर्ने झन् ठुलो अवसर पाउँछ । जो आज हामीले प्रष्टरुपमा देखिरहेका छौं ।हामि नेपाली जुटेर मात्र बिजय हासिल गरेको आफ्नो स्वाभिमान जोगाएको इतिहास साक्षी छ ।
स्वतन्त्रता हक अधिकार जनतामा निहित नभए सम्म मुलुकमा कुनै पनि समृद्ध नेपालको परिकल्पना केवल दिवा सपना मात्र हुनेछ।
वैदेशिक रोजगारमा रहेको आफ्नो देशको श्रमिकले पठाएको रेमिटेन्सले देशको आधा अर्थतन्त्र धानेको कुरा स्पस्ट हुदा हुँदै पनि मुलुकमा ६ , ६ महिनामा फेरिने सरकारले श्रमिकलाई दिने सुबिधा र सेवा बाट बन्चित गरिरहेको छ। आफ्नो देशको नागरिकलाई वैदेशिक रोजगारको नाउमा केवल रेमिटेन्स भित्र्याउने साधनको रुपमा प्रयोग गरिएको छ।
एक दसको देखि वैदेशिक रोजगारमा रहेको आफ्नो नागरिकलाई सहज तरिकाले उनिहरुले पाउने सेवा सुबिधा र आधिकार प्रादान गर्न पटक पटक ताकेता गरे पनि सरकार कानमा तेल हालेर बस्दाको परिमाण हो यो।
बिकशीत देशले आफ्नो नागरिक जहाँ बसे पनि चुनावमा त्यही ठाउँबाट आफ्नो माताधिकार प्रयोग गर्न पाउने सुबिधा उपलब्ध गराएको छ । तर हाम्रो देश नेपालमा वैदेशिक रोजागारमा मरेर रातो बाकसमा फर्किएको लाशलाई समेत राजनीति गर्छन। भने कसरी अधिकार प्रदान गर्न सक्छ?
जनता सार्वभौमसता सम्पन्न राष्ट्रको सबैभन्दा शक्तिशाली, राष्ट्रको मालिक, जनार्दन आदि उपमा दिएर जनतालाई नै राजनीति बन्दी बनाएर दास बनाईरहेका छन् ।जनताकै नाम बेचेर, जनताकै मिहेनत र पसिनामा आज एक आपसमा मिलेर रजाइँ गरेर राष्ट्रको ढुकुटी लुटिरहेका छन् ।
आजसम्म देश बिकास र अमुल परिवर्तनको खातिर जुन पटक पटक चरनबद्ध आन्दोलन ,ब्यबस्था र परिवर्तन भए केवल यी राजनीतिक दलले मात्र चाहेर कहिले भएन, जब जनताले साथ र सहयोग गरे तब मात्र सबै सफल र साकार भएको इतिहास नभुलौ । तर जुन ब्यबस्था जनताको शक्ति, साथ, सहयोग र समर्थनले ल्याइयो त्यसैको सहि अनुभूति जनताले गर्न पाउदैन र पाएको पनि छैंन् ।
पद , पावर र पैसाको निम्ति राजनीतिकर्मिको घिनलाग्दो लुच्छाचुडी सत्तालिप्सा प्रवृति, कार्यकर्ताको पनि उस्तै चाप्लुसी पिछ्लगु हनुमाने प्रबृति ,दल र ब्यक्तिगत स्वार्थ,आरोप ( प्रत्यारोप, अनमेल आदि खराब राजनीतिले ले गर्दा आज देशको राजनीति र राजनीति गर्ने पात्रहरु निन्दनीय भएका छन् ।
कतिपय भारतिय दलाल नेताहरुहरु बिभिन्न बितण्डता मचाएर नाजाएज अनावश्यक माग राखेर जनताको आँखामा छारो हालेर भ्रमको खेति गर्दै राजनीति अस्थिरता मच्चाएर फाइदा र स्वार्थ लुटिरहेका छन् ।भनाइ नै छ “भाईफुटे गवार लुटे” झन् हाम्रो छिमेकी राष्ट्रले हाम्रो नेपालको बिकास र उन्नति रतिभर चाहदैन ।जसरि हुन्छ बन्न दिदैन र बनाउनै दिदैन । आज हाम्रो भुमी मेरो हो भनेर नक्सा निकाल्ने सिमाना मिच्ने लिपु लेक , कालापानी जस्ता सयौ क्षेत्रमा हस्ताक्षप गर्न खोज्ने भारतीय बिस्तारवादले नेपालीहरु माथि हिजो गरेको अमानबिय नाकाबन्दी र नाङ्गो हस्तक्षेप नै पछिल्लो प्रस्ट उदाहरण र प्रमाण हो ।
त्यसैले हामी नेपाली एकजुट हुनुको बिकल्प छैन ।हामि आफैमा आत्मार्भर रहन र देशमा सुख शान्ति , अमनचैन, सुशासन र बिकासको मूल फ़ुटाउन हामि एकजुट र एकमन भएर राष्ट्रप्रेम उजागार पारेर राष्ट्र निर्माणमा समर्पित हुनु अति आवश्यक छ ।
सबैले आ आफ्नो इमान्दारिता र कर्तब्य सहि रुपमा पालना गर्नुनै आजको माग र आवश्यकता हो । राजनीतिक दलको मात्र किन हामीले आशा राख्ने देशको विकासमा तपाई हाम्रो भुमिका चाही के?अरुलाई गालीगलौंजमा समय खेर फाल्नु भन्दा मिलेर योजना बनाउ काम गरौं। कुरा काटेर बस्नु भन्दा सानो नैं किन नहोस्,कामको थालनी गरौं ।
हरेक नागरिक सचेत र सक्षम भयौ भने हरेक समस्यासंग जुधेर अघि बढ्न अझ सहज हुनेछ । र सबैले सकारात्मक सोच र समग्र राष्ट्रको उन्नति प्रगतिको लागि उतरदायित्व बहन गर्यौ नेता देखि जनतासम्म एकजुट भएर देशको बिकाश निर्माणमा जुट्यौ भने अवश्य पनि हाम्रो राष्ट्र समृद्द र बिकशित हुनेछ साथै हामी आत्मानिरभर हुँदै सबै सम्पन्न
हुनेछौं ।
हामी चाहन्छौं बाँचुन्जेल आफ्नो जीवन निर्वाह गर्न दुइ छाकको निम्ति कसैसंग बेइमानी गर्न र स्वाभिमान बेच्न नपरोस् ।आफ्नो जीवन धान्न सक्ने शिपको उपयोग गर्न पाउँ, मिहेनत र लगनशिलताले सुखी र सम्पन्न रहन सकौ ।आफु संगैका सकारात्मक समान सोच र बिचार भएका स्वतन्त्र सहकर्मीसंगै हाँसी खुशी साथ र सहयोग आदान प्रदान गर्दै (हातेमालो गर्दै) , आफ्नो परिवार, आफन्त टोल र समाजलाई पनि सकारात्मक सुधार गरी बिकास निर्माणमा जुटौं यहि हाम्रो कर्तव्य हुनेछ ।
जहाँ आफ्नै माटोमा आफ्नै पसिनाले सिचाइ सुन फलाउने प्रयास गरौ अबस्य सफल्ता मिल्नेछ
त्यहा हामी आफ्नै तरिकाले रमाउन सक्ने छौ स्वतन्त्र र साधारण नागरिक भएर राष्ट्रको झण्डा ओढेर हामी नेपाली भएर बांचौं ।
प्रतिक्रिया दिनुहोस्