कतारमा एउटै मञ्चमा मनाइयो आदिवासी जनजाती समुदायभित्रका विभिन्न चाडपर्वहरु…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार, नेपाल भन्ने बित्तिकै हामी बहुभाषी, बहुजाती विभिन्न धर्म, रितिरिवाज र परम्परा भएको एउटा सिङ्गो देश भन्ने बुझ्छौ । अनेकौं जातजाति कयौं भाषा सस्कृती र आ-आफ्नै रितिरिवाज र सस्कार भएको देशमा विभिन्न चाडपर्वहरु पनि मनाइने गरगरिन्छ, पछिल्लो समयमा नेपालमा मात्र नभएर रोजगारीको लागि बिदेशीएका नेपालीहरुले पनि आफ्नो कला सस्कृती र परम्परा अनुसारको चाडपर्वहरु मनाउदै आएका छन।
सोहि क्रमलाई निरन्तरता दिदै फेब्रुअरी १७ शुक्रबार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले पनि आदिवासी जनजाति समुदायहरुको राष्ट्रिय चाड पर्वहरू मनाएको छ ।

संघले माघ्या सकराटी (मिनाम सार ल्हेस), चासोक तङनाम, तमू ल्होसार, साकेला उँधौली, मञ्जुश्री संवत् २८५९ सोनाम ल्होछार, माझि जितिया पर्व, रापावा श्यादर पिदार, येले संवत् ५०५३ प्हुगाल पारिम, म्ह पुजा, ल्यापव दुक्षेन, लदि कोशीपुजा, ग्याल्पो ल्होसार, सिरुवा पावुन, नयाँ खुवा, लिःल ल्होसारको अवसरमा शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सभ्य र भब्य रूपमा एकीकृत भएर एकमुष्ट रूपमा  मनाएको हो ।

संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता साथै महासंघमा आबद्ध विभिन्न सामुदायिक संस्थाहरु तथा कतारमा स्थापित अन्य थुप्रै संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको कार्यक्रममा शेर्पा समुदायको संस्कार झल्किने गरी सेब्रु नृत्य, नेवा पुचले मौलिक नृत्य, सुनुवार सेवा समाजले श्यादरशिल नृत्य, किरात राई यायोक्खा शाखा कतारले साकेला झाँकी, मगर सघ शाखा कतारले हुर्रा तथा कौरा नृत्य, थारु कल्याणकारी समाजले जोगीरा सरर गीतमा नृत्य, तमु (गुरुङ) समाजको तर्फबाट मौलिक नृत्य, किरात याकथुङ चुम्लुङले (केलाङ) च्यापदुङ नाच, नेपाल प्रवासी तामाङ समाज र प्रवासी भुजेल समाज सहित सबै मातृसास्थाहरुले आ-आफ्नै कला सस्कृती झल्किने आकर्षक झाँकी तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक जैवी चाम्लिङ राईले कार्यक्रमको बारेमा जानकारी गराउदै राखेको स्वागत मन्तव्य सङ्गै बिधिवत रुपमा दियो बालेर “हामी आदिवासी जनजाति”बोलको गित बजाएर औपचारिक रूपमा सुरु गरिएको कार्यक्रममा थुप्रै वक्ताहरुले शुभकामना सहित कार्यक्रमको खुलेर प्रसंशा गरेका थिए ।

सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि डा.नरेश बिक्रम ढकालले सामूहिक रुपमा मनाइने यस्ता कार्यक्रमहरुले एक अर्काप्रतीको सद्भाव र भावनालाई जोड्न सहयोग पुर्याउने बताउदै देशको खस्किदो अर्थतन्त्रको बिषयमा चिन्ता गर्दै दूतावासको रेकर्डमा रहेको ३ लाख ६४ हजार ५०० नेपालीहरु सबैले आफुले गर्ने दैनिक खर्चबाट केही रकम घटाएर बचतमा ध्यान दिने हो भने र सो रकम बैधानिक हिसाबले नेपाल पुर्याउन सके केही हदसम्म भएपनी अर्थतन्त्रमा सुधार गर्न सकिने धारणा राखेका थिए ।

कार्यक्रमको मध्यतिर आदिवासी जनजाति महासंघ साथै महासंघमा आवद्ध सम्पुर्ण मातृ संस्थाहरूले संयुक्त रूपमा आफ्नो परम्परा अनुसार कार्यक्रमका सभापति मोहम्मद मुक्तदा मुसलमान, कार्यक्रम संयोजक जैवी चाम्लिङ राई र कलाकार संयोजक सामुयल सुनुवार लाई फेटाद्वारा र विशिष्ट अतिथिहरूलाई खादा तथा सम्मान स्वरुप कोसेली प्रदान गरेको लोभलाग्दो दृश्यले सबै दर्शकहरुको ध्यान एकठाउ केन्द्रित गराएको थियो ।

संघका कार्यबाहक महासचिव रबिन मगरले सहजीकरण गरेका कार्यक्रममा गुना मगर निशु, सलिना गुरुङ, वनिता राई, सरला तामाङ, गौतम लिम्बु, विमल लिम्बु र सुर्जे बहादुर लगायतका कलाकारहरुको उत्कृष्ट साङ्गीतिक प्रस्तुतिहरु सङ्गै जीवन खालिङ राईको कमेडी नृत्यले पनि उपस्थित सबैलाई हसाए अनि सङ्गै बिशिस्ट अथितिहरुलाई नचाउन समेत भ्याएका थिए ।

अन्त सभापति मुक्तदाले जनजाति महासंघमा आबद्ध सम्पुर्ण मातृ संस्थाहरुलाई सहकार्य तथा समन्वयका लागि धन्यवाद दिँदै कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

nepalijanatakhabar

समबन्धित समाचार