परियार मित्रता समाज कतारको ‘विशेष सांस्कृतिक कार्यक्रम आगामी शुक्रबार हुने…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्ने उद्देश्यका साथ कतारमा क्रियाशील एउटा सशक्त जातीय संस्था परियार मित्रता समाज, कतारले विशेष सांस्कृतिक कार्यक्रम-२०२६ आयोजना गर्ने भएको छ ।

​‘हातमा हात, काँधमा काँध मिलाई, अघि बढौँ र बढाऔँ’ भन्ने स्लोगन राखेर स्थापना भएको समाजले ‘संस्कृति, सम्मान र पहिचान, राष्ट्रिय नौमति बाजा संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको हो । प्रवासको भूमिमा रहेर पनि नेपाली परम्परागत  नौमति बाजाको जगेर्ना गर्ने र नेपाली संस्कृतिलाई वैदेशिक माटोमा प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रमको रूपरेखा तयार पारिएको आयोजक समितिले बताएका छन ।

​आगामी ७ अगस्ट शुक्रबारका दिन कतारस्थित फ्रिज अब्दुल अजिजमा रहेको घरवा रेस्टुरेन्टको सभाहलमा दिउँसो १२ बजेबाट हुने कार्यक्रममा उपस्थितिको लागि कतारमा स्थापित विभिन्न संघ संस्था एवं बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट व्यक्तित्व, सामाजसेवी, व्यवसायी, बुद्धिजीवी, पत्रकार र कलाकारहरु सबैलाई पत्राचार गरिसके सङ्गै कार्यक्रमको तयारी पनि अन्तिम चरणमा पुगेको आयोजक समितिले जानकारी गराएको छ।

​कार्यक्रममा नेपाली भाषा, संस्कृति र मौलिकता बोकेको नौमति बाजाको धुन सङ्गै एउटा फरक र पृथक साँस्कृतिक कार्यक्रमको अनुभव गर्न पाइने, बाजामै नाच्न, गाउन र भरपुर मनोरञ्जन लिन पाइने भएकोले सम्पुर्ण कतारबासी नेपाली दाजुभाइ दिदिबहिनी लाई उपस्थितिको लागि यसै समाचारको माध्यम मार्फत अपिल पनि गरेको छ ।

nepalijanatakhabar

समबन्धित समाचार