नेपाल प्रवासी तामाङ समाज कतारले स्थगित गरेको सोनाम ल्होछार शुभकामना आदानप्रदान कार्यक्रम आगामी मार्च तिनमा मनाउने….

दोहा कतार / नेपाल प्रवासी तामाङ समाज कतारको विभिन्न कारणबस गत जनवरी २७ र फेब्रुअरी १७ गरि दुई पटक स्थगित भएको कार्यक्रम आउने शुक्रबार अर्थात मार्च ३ तारिक गर्ने पक्का भएको छ ।

तामाङहरुको महान चाड मञ्जुश्री संवत् २८५९ सोनाम ल्होछार ह्योयी (तावर ल्हो) बिरालो बर्गको अवसरमा शुभकामना आदान-प्रदान तथा साँस्कृतिक महोत्सव – २०२३ जनवरी महिनाको २७ तारिक हुने तय भएको थियो,तर केही कारणबस कार्यक्रम सार्नु पर्ने भएकोले फेब्रुअरी १७ को लागि सारिएको कार्यक्रमलाई त्यो समय पनि उपयुक्त हुन सकेन नेपालबाट आमन्त्रित अतिथी कलाकार सेलो गायक तथा संगितकार बैरागी मोक्तान, RJ तथा म्हेन्दोमाया गायिका सबिना तामाङ र चर्चित गायक तथा संगितकार उर्गेन दोङलाई ल्याएर ल्होछार साँस्कृतिक महोत्सवलाई भब्य र सभ्य तरिकाले मिति ३ मार्च २०२३ शुक्रबार गर्ने अन्तिम निर्णय भएको थियो ।

सम्बन्धित निकाय बाट अनुमति प्राप्त भएपछि पत्रकार सम्मेलन मार्फत जानकारी दिईने गरि मिति १६ फेब्रुअरी २०२३ का दिन जारी गरेको अन्तिम प्रेस बिज्ञप्ति मार्फत सुचित गरिएको थियो ।

तर अहिले मार्च ३ तरिकको कार्यक्रममा सम्बन्धित निकायबाट अनुमती पत्र प्राप्त हुन नसक्दा बाचा गरेका अतिथी कलाकारलाई ल्याउन नसकेको कुरा समाजका पदाधिकारीहरुले बताएका छन ।

समयले नेटो काटिसकेको छ तसर्थ अबको विकल्प यहाँहरुलाई तत्काल अतिथी कलाकार ल्याउने बाचा पूरा गर्न नसके पनि सोहि मिति ३ मार्च २०२३ शुक्रबारको दिन स्थानीय कलाकार हरुको बेजोड प्रस्तुतिहरु सङ्गै अल दोसरी पार्क साहनियामा तामाङ संस्कार र पहिचान झल्किने गरि मनाइने ल्होछार साँस्कृतिक कार्यक्रममा तामाङ समाज कतारलाई माया गर्नुहुने र अन्तिम अवस्था सम्म ल्होछार कार्यक्रमलाई पर्खेर बस्नुहुने सम्पुर्णमा उपस्थितिको लागि नेपाल प्रवासी तामाङ समाज कतार र ल्होछार मुल समारोह समितिले हार्दिक अनुरोध गरेको छ।

साथै अलदोसरी पार्कमा लाग्ने प्रवेश शुल्क कतारी १० रियाल बाहेक अन्य कुनै शुल्क नलाग्ने बताउदै, कार्यक्रम स्थलसम्म नि:शुल्क यातयात र खानाको राम्रो ब्यवस्था रहने सबैमा जानकारी गराइएको छ।

नेपालबाट आमन्त्रित गरिने भनिएको अतिथी कलाकारहरुलाई पुनः केही समय पछि डम्फु साँझमा निमन्त्रणा गरिने यहाँहरु सम्पुर्णमा जानकारी गराउदै यस ल्होछार कार्यक्रमलाई प्रायोजन गर्नुहुने प्रायोजक ज्यूहरु आगामी कार्यक्रम “डम्फु साँझ” सम्म यथावत् रहने छन भने यसबाट हुन गएको असुविधाको लागि दोहा कतारमा स्थापित संघ संस्था, प्रायोजक ज्यूहरु, ल्होछार प्रेमी सम्पुर्ण तामाङ तथा गैर तामाङ दाजुभाइ दिदिबहिनीहरुमा तामाङ समाज कतार र मञ्जुश्री संवत् २८५९ सोनाम ल्होछार मूल समारोह समितिले क्षेमा याचना मागेको छ ।

अन्त्यमा ल्होछार कार्यक्रमको मिति विविध कारणले अघिपछि हुन गएता पनि कतारको विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु, प्रायोजक ज्यूहरु र सम्पुर्ण कलाकार तथा पत्रकार मित्रहरुलाई मिति २७ जनवरी र फेब्रुअरी १७ को लागि निमन्त्रणा गरिएको पत्रलाई आधार मानी उपस्थित भएर कार्यक्रमको सोभा बढाइदिनु हुन पनि अनुरोध गरेका छन ।

 

सम्बन्धित समाचार