गायक बद्री पंगेनी रचना रिमालको पैसा सापटी’ बजारमा सागर लम्साल बले…. (हेर्नुस् भिडियो सहित)

काठमाडौं । गीत संगितको क्षेत्रमा धेरै जसो त माया प्रेमका गीत सुन्न र हेर्न पाइन्छन् पछिल्लो समय डिजिटल बजार भनेकै युट्युब बनेको छ गीतले कतिको बजारमा चर्चा पाएको छ भन्ने मापननै युट्युब बाट हुन थालेको छ यसै क्रममा एक बिल्कुलै फरक धारको गीत सार्बजनिक भएको छ।

गायक बद्री पंगेनीले नयाँ गीत ल्याएका छन् बजारमा ‘पैसा सापटी’ । करीव याे गीतमा १७ मिनेट लामो म्युजिक भिडियो बनेको छ शुरुमा पैसा सापटी लिनुभन्दा अघि र लिएपछि मान्छेको वास्तविक चरित्र कस्तो हुन्छ भनेर राम्रोसँग चित्रण गरेका छन् ।

उक्त गीतमा पंगेनीकाे आफ्नै शब्द रचना र संगीतमा रहेकाे छ भने पछिल्लो समय निकै चर्चित गायिका रचना रिमाल र पंगेनीले आवाज दिएका हुन्।

उक्त गीतमा चर्चीत कलाकार सागर लम्साल बले,अनु रेग्मी,नन्दा बस्याललगायतका कलाकारले सापटी लिने र दिनेको वास्तविक अभिनय देख्न सकिन्छ । हेर्नुस् भिडियो सहित

 

सम्बन्धित समाचार