गायक तथ सर्जक सुर्यकुमार परियारको बाटुलिले चर्चा बटुल्दै……

दोहा कतार / नेपाली लोक साङ्गीतिक क्षेत्रमा पछिल्लो समय उदाउँदो एउटा नाम हो सुर्यकुमार परियार बिगत लामो समय देखि नेपाली गित सङ्गीतमा काम गर्दै आएका परियारको केही दिन अघि मात्र बाटुली” नामको एउटा गित सार्बजनिक भएको छ ।

लोकप्रिय गायिका शान्तारानी परियार र कुलेन्द्र बिश्वकर्माले सुमधुर आवाज भरेको बाटुली गितको शब्द पनि उनै सुर्यकुमारको हो ।

रायन बस्यालको सङ्गीत र बिश्वास नेपालको सङ्गीत समायोजनमा तयार भएको गित वन डि बि एच डि रेकर्डिङ स्टुडियोमा बिनोद छिनाल र बिमल छिनालले रेकर्ड गरेका हुन ।

माया पिरतिका शब्दहरुलाई रोमान्चक सैलीमा प्रस्तुत गरिएको उक्त गितको भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको छ । रोश्नी कार्की, कबिता न्यौपाने, आभा थापा र रायन बस्यालले मनै लोभ्याउने अभिनय गरेको भिडियोको निर्देशन अहिलेका चर्चित भिडियो निर्देशक सुनिल क्षेत्रीले गरेका हुन ।

शान्ता रानी परियार युटुब च्यानल मार्फत बजारमा आएको गितको छोटो समयमा नै चर्चा परिचर्चा हुन थालेको छ ।

सुर्यकुमारको नआउ मेरो सपनीमा, दियालो, पराइको दुई दिन खुशी, बन्दुक एकनाले, मायाले फसायो, धोको थिएन लगायतको दर्जनौ गितहरु सर्बाधिक रुचाइएका गितहरु हुन ।

गोर्खा जिल्लाको पालुङटार -४ मा जन्मिएका सुर्यकुमार यसपटकको दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्डमा लाइभ दोहोरी मार्फत उत्कृष्ट ५ भित्र पर्न पनि सफल भएका छन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला 

????️????️????️????️????️????️????️????️????️????️

 

सम्बन्धित समाचार