मेयर बालेन लाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार ५ वर्ष नै टिक्ने दाबी

sf7df8f}F, !% r}tM Goflos ;Dd]ngdf k|d bfxfn / dxfgu/ k|d'v zfx sf7df8f}F dxfgu/kflnsfn] cfof]hgf u/]sf] Goflos ;ldltsf] klxnf] /fli6«o ;Dd]ngdf enfs';f/L ub}{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú / sf7df8f}F dxfgu/ k|d'v afn]Gb| zfx . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार ५ वर्ष नै टिक्ने दाबी गरेका छन् ।

 

बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार पाँचै वर्ष टिक्ने बताए ।

 

सोही कार्यक्रममा काठमाडौं महानगरपालिका मेयर बालेन शाहले सरकार फेरबदल भइरहँदा पालिकाहरुलाई काम गर्न कठिनाइ हुने बताएका थिए ।

 

 

 

सोही भनाईलाई जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘पालिका चुनावपछि सङ्घ र प्रदेशको चुनाव भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईँ ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’

 

त्यस्तै प्रधानमन्त्री प्रचण्डले अब सरकार लयमा आउँदै गरेकाले विकासका कामहरु अघि बढ्ने बताए ।

 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले न्याय सम्पादनमा स्थानीय तहहरूबिच एकरूपता कायम गर्न, अनुभवको आदानप्रदान गर्न, माथिल्ला सरकारसँग प्रभावकारी समन्वय गर्न र समस्याहरूको केन्द्रीकरण र समाधानको साझा प्रयासका लागि यस्ता फोरमहरू प्रभावकारी हुन हुनसक्ने विश्वास व्यक्त गरे ।

 

 

 

उनले आगामी दिनमा समेत यस्ता फोरमहरूले सचेतना र क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रमहरूसमेत आयोजना गरी स्थानीय तह र न्यायिक समितिप्रति जनविश्वास बढाउन थप भूमिका खेल्नु पर्ने पनि बताए । न्युज 24 नेपाल बाट

सम्बन्धित समाचार