परदेशमै छायांकन भएको एउटा उत्कृष्ट गित “ग्यालरी” लिएर आए सुरेश बिसी र सम्झना लामिछाने….

दोहा कतार / नेपाली गित सङ्गीतको कुरा गर्ने हो भने दिनहुुँ जसो नयाँ अनि फरक भाकाहरु बजारमा सार्बजनिक भइरहेका हुन्छन ।

पछिल्लो समय नेपालबाट मात्र नभएर बिदेशबाट पनि नेपाली गित सङ्गीतहरु बजारमा आउने क्रम बढ्दो छ, वैदेशिक रोजगारीको सिलसिलामा सन्सारको विभिन्न कुनामा पुगेका गित सङ्गीत प्रेमीहरुले डिउटी पछिको फुर्सदको केही समय गित सङ्गीतको लागि खर्चिने गरेको पाइन्छ ।

यहि क्रममा यतिबेला कतारबाट गायक तथा सर्जक सुरेश बिसीले आफ्नो पछिल्लो एल्बम “ग्यालरी” हालसालै सर्बजनिक गरेका छन । केशव जङ्ग बिसीको शब्द रहेको गितमा गायक सुरेश बिसी र सम्झना लामिछानेले सुमधुर आवाज भरेका छ्न ।

सुरेश आफैले सङ्गीत भरेको उक्त गितको सङ्गीत समायोजन भने पुर्ण संयोगले गरेका हुन, मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा गोबिन्द वलीले रेकर्ड गरेको गित मिक्सिङ सन्जय सिर्पालले गरेका हुन ।

सुलेसी म्युजिकको युटुब च्यानल मार्फत बजारमा आएको गितलाई कतारबाट निरज थापाले दोहाको विभिन्न ठाउको दृश्यहरु सङ्गै भिडियोमा उतारेका छ्न भने निर्देशन र सम्पादन पनि थापाकै रहेको छ ।

परदेशमा तयार पारिएको गितको भिडियोमा परदेशकै कलाकारहरु सुरेश बिसी, लुना खतिवडा, नारायण मगर, नेत्र थापा, साहिल तामाङ, रेखा ढुंगाना, मोनिका श्रेष्ठ र उर्मिला तामाङको उत्कृष्ट अभिनय हेर्न सकिने छ ।

 

भिडियो हेर्न तल लिङ्कमा क्लिक गर्नुहोला ।
????️????️????️????️????️????️????️????️????️????️????️????️????️

 

सम्बन्धित समाचार