गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने पक्का : प्रमुख रेनु दाहाल

चितवन ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने पक्का भएको बताउनु भएको छ ।

वागमती प्रादेशिक क्रिकेट संघ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले अब केही प्रकृयाहरु मिलाएर राष्ट्रिय खेलकुद परिषदले काम अगाडि बढाउन लागेको उल्लेख गर्नुभयो ।

अहिले पनि धेरै जनालाई रंगशाला बन्ने हो कि होईन भन्ने प्रश्न उब्जिएको भन्दै प्रमुख दाहालले धुमुर्स–सुन्तली फाउण्डेशनलाई ऋण तिर्न एक मुष्ट रु १२ करोड अनुदान दिई जिटुजी प्रकृयामार्फत बाँकी निर्माण कार्य अगाडि बढ्ने जानकारी दिनुभयो ।

निर्माणाधीन गौतमबुद्घ अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुलचोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी टेण्डर आहावान हुने बताउनुभयो ।

सम्बन्धित समाचार