नेपाल मगर संघ कतारका कलाकारहरुको “फुल जस्तो जोवन” सार्बजनिक…..

दोहा कतार / नेपाली समुदायभित्र विभिन्न चाडपर्व, रितिरिवाज, चालचलन, धर्म सस्कृती र भाषाहरु छ्न, त्यस्तै नेपाली कला सस्कृति पनि आ-आफ्नै समुदाय अनुसार फरक-फरक रहेका छन ।

यतिबेला त्यही फरक कला सस्कृती भित्रबाट  नेपालको पश्चिमी भेगमा गुरुङ समुदायको प्रचलित एउटा एकदम रमाइलो कौराह गित “फुल जस्तो जोवान” को म्युजिक भिडियो नेपाल मगर संघ कतारका कलाकारहरुले हालसालै बजारमा सार्बजनिक गरेका छ।

चिनु घर्तिमगरले स्वर,शब्द र सङ्गीत भरेको गितको एरेन्ज अर्जुन थापा मगरले गरेका छ्न , जनक मगरको निर्देशन,गणेश बराल मगरको छायांकन र सम्पादन गरेको भिडियोमा संघका कलाकारहरु रेखा मगर, सबिना मगर, नानसारा मगर, कबिता मगर, दिलु मगर, सर्मिला मगर, सकुन्तला क्षेत्री, सुनिता शेर्पा, कोपिला श्रेष्ठ, कुमारी लामा, ललिता लामा, अस्मिता मगर लगायतले उत्कृष्ट अभिनय गरेका छ्न ।

कतारको विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएको भिडियो जनक मगरको आफ्नै युटुब च्यानल लाफा जनक अफिसियल (Lafa janak official) सर्च गरेर हेर्न सकिने छ ।

परदेशी भुमिमा पनि आफ्नो कला सस्कृतिलाई निरन्तरता दिदै आइरहेका कलाकारहरले उच्च मनोबलको साथ आफुमा भएको कलागला कुनै न कुनै माध्यमबाट प्रस्तुत गर्दै आइरहेको देखिन्छ । यस्तै लोभलाग्दो प्रस्तुतीहरु आगामी दिनहरुमा पनि देख्न पाइयोस् भन्दै नेपाली जनता खबरको तर्फबाट सम्पुर्ण टिमलाई सफलताको धेरै शुभकामना ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला 

????️????️????️????️????️????️????️????️????️????️????️

सम्बन्धित समाचार