काठमाडौं, वैशाख १४ । यस वर्षको वसन्तयाममा सगरमाथासहित २४ हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य २३ हिमाल आरोहणका लागि यो संख्यामा अनुमति जारी भएको पर्यटन विभागले जनाएको हाे । विभागका अनुसार बुधबारसम्म ४२ समूहका ३ स ६७ पुरुष ९६ महिलासहित कुल ४ सय ६३ जनाले सगरमाा आरोहणका लागि अनुमति लिएका छन् । अन्यले विभिन्न २३ हिमाल आरोहणका लागि अनुमति लिएका हन् ।
विभागका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणमा यो वर्ष अनुमति लिनेको संख्या उल्लेख्य छ । आजको कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्