केशर लामाले फेरि सार्बजनिक गरे हृदयबिदारक गित “लाकुरी छायाले”

 

दोहा कतार / नेपाली साङ्गीतिक बजारमा दिनहुँ जसो नयाँ अनि फरक सिर्जनाहरु फरक सङ्गीत बनेर प्रतिस्पर्धात्मक हिसाबले आइरहेका छन कति सिर्जनाहरु आउदा आउदै हराउछन त कतिले लाखौं करोडौं दर्शक स्रोताहरुको तन मन जितेर एक छात्र राज गरेर लामो समय सम्म चर्चामा रहने गर्छन ।

हो यस्तै दर्शकहरुको मन जित्न सक्ने “लाकुरी छायाले ” नामक एउटा गित हालसालै साङ्गीतिक बजारमा सार्बजनिक भएको छ । बिगत एक दशक देखि गितसङ्गीतमा काम गर्दै लोक प्रिय बनिरहेका गायक, संगितकार, रचनाकार केशर लामाले शब्द, सङ्गीत भरेका उक्त गित जेठ २३ अर्थात हिजो मङ्गलबार सार्बजनिक गरिएको हो ।

कुशल बेलबासे र शान्ति श्री परियारको सुमधुर स्वरमा सजिएको गितको संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन भने भिडियोमा अहिलेको सर्बाधिक चर्चामा रहेका मोडल बिनोद भण्डारी र जुना गुरुङले अभिनय गरेका छन साथै भिडियोको कथा र निर्देशन पनि भण्डारीले नै गरेका छन्।

मालाश्री रेकर्डिङ स्टुडियोमा गोबिन्द पराजुली र सागर बाजुरारीले रेकर्ड गरेको आवाजलाई खडक बाजुरालीले मिक्सिङ गरेका हुन भने भिडियो नबराज उप्रेती छायांकन गरेका हुन ।

मनोज कार्कीले भिडियो सम्पादन गरेको गित केशर लामा अफिसियल युट्युव च्यानलमा हेर्न सकिने छ, दर्जन भन्दा बढि गितमा आफनो स्वर शब्द र संगित भरिसकेका लामाको अमर प्रेमको गाथा, पागल बनी मर्छु होला, आज अचानक उनलाई सम्झिएँ, अन्तिम चोटी अत्याधिक रुचाइएको गितहरुभित्र पर्छन ।

माया पिरतिमा प्राय भइरहने मिलन र बिछोडलाई उत्कृष्ट सब्द सङ्गीतको समिश्रण अनि दृश्यमा उतारिएको गितको सम्पुर्ण टिमलाई हाम्रो तर्फबाट सफलताको धेरै शुभकामना ।

गितको भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।

 

सम्बन्धित समाचार