दोहा कतार / समयको पाबन्दीसङ्गै नेपाली गितसङ्गीतको क्षेत्रमा नयाँ नयाँ सिर्जनाहरु देख्न पाइन्छ चाहे अडियो बनाउदा होस या भिडियोमा कतै न कतै फरकपन पाइन्छ यस्तै एउटा मौलिक गित “घाँसै काउलाको” भिडियो फरक धारमा बनेर बजारमा सार्बजनिक भएको छ ।
सन्तोष मार्मिकको बलिया शब्द मिठो सङ्गीतमा अहिलेकी चर्चित गायिका सुनिता बुढा क्षेत्री, सन्तोष मार्मिक र पुरण बिरहीले सुमधुर स्वार भरेको गित ४ दिन अघि मात्र साङ्गीतिक बजारमा सार्वजनिक भएको हो ।
पवन परियारले सङ्गीत समायोजन गरेको गितको रेकर्ड मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट गोबिन्द पराजुली र मिक्सिङ खडक बाजुरालीले गरेका हुन भने भिडियोको सम्पुर्ण काम निर्देशक बिष्णु भट्टराईले गरेका हुन ।
भट्टराई आफैले निर्देशनको साथै छायांकन गरेको मनमोहक बनाउने सिन भित्र सन्तोष शर्मा, पुष्पा अर्याल, परी शर्मा, सगुन शर्मा, नारायण थापा लगायतका कलाकारहरुको निखारिएको अभिनय हेर्न सकिनेछ, साथै भिडियोको उत्कृष्ट सम्पादन पनि निर्देशक आफैले गरेका हुन ।
पोस्ट प्रोडक्सन प्रा.लीको ब्यानरमा तयार भएको यो गितको भिडियो छायांकनमा भट्टराईलाई अबिरल भट्टराईले पनि सहयोग गरेका छन । भिडियोमा माया पिरतीका विभिन्न बिषय र पाटोलाई सरल तरिकाले समेटिएको छ ।
भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।
????️????️????️????️????️????️????️????️????️????️????️
प्रतिक्रिया दिनुहोस्