प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको दोस्रो अधिवेशन हुँदै ईश्वर पोखरेलकाे उपस्थिति सँगै चर्चित कलाकारकाे साथमा

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको दोस्रो अधिवेशन कार्यक्रम – २०२३ आयोजनाको तयारी तिव्र रुपमा चलिरहेको छ ।

केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले पार्टी निकट प्रवास संगठन “प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसिया” को दोस्रो अधिवेशन कार्यक्रम यहीँ मिति सन् २०२३ जुन २५ तारिख आईतवारको दिन होटल ग्रेण्ड कन्टिनेन्टलमा बिहान १०:०० बजेदेखि आयोजना हुने तयारी लगभग अन्तिम चरणमा पुगेको मुल आयोजक कमिटीको सह-संयोजक दयाराम कुमालले जानकारी दिनुभयो ।

कुमालको अनुसार उक्त कार्यक्रममा नेपालबाट प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवम् पुर्व उप-प्रधानमन्त्री ईश्वर पोखरेल लगायत नेताहरूको उपस्थिति रहनेछन् । त्यस्तै चर्चित नेपाली राष्ट्रिय कलाकारहरु गायक बद्री पंगेनी , गायीका पुर्ण कला बिसि , मोडल तथा डान्सर करिश्मा ढकाल र गायक , उदघोषक राजेश बर्देवा लगायत मलेसियामा रहेका स्थानीय नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछन् ।

साथै यस् कार्यक्रममा जोहोरबारु र पेनाङ राज्यबाट सहभागी हुन आउन-जाने नेपाली श्रमिकहरुको लागि निशुल्क गाडी , यातायातको ब्यवस्था समेत गरिएको र कार्यक्रममा सहभागी हुने सबैजनाको लागि खानाको ब्यवस्था समेत गरिएको अधिवेशन मुल आयोजक कमिटीका संयोजक शेर बहादुर गुरुङले बताए ।

उक्त कार्यक्रममा नि:शुल्क रुपमा सहभागी भैइ मनोरञ्जन लिनलाई आयोजक कमिटीका संयोजक शेर बहादुर गुरुङले मलेसियामा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली जनसमुदायमा सार्वजनिक निमन्त्रणासहित हार्दिक अनुरोध गर्नुभएको छ।

साथै सोही दिन नेकपा एमाले पार्टीप्रति आस्था राख्ने जो कोहि नेपाली श्रमिकहरु पनि स्वैच्छिक रुपमा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियामार्फत पार्टी र संगठनमा जोडिन सकिने संयोजक गुरुङले बताउनुभयो।

सम्बन्धित समाचार