सकम्बरी पछि प्रकाश सपुतको अभिनयमा ‘ सकम्बरी माया गरिदेउ ’ सार्वजनिक हेर्नुस् (भिडियो सहित)

काठमाडौ–सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘ सकम्बरी माया गरिदेउ ’ बोलको गीतले माहोल बनाएको छ ।

 

गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘ सकम्बरी माया गरिदेउ ’ बोलको गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज गरेका छन्।

 

प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको उक्त गीतको भिडियो मान सिंह मर्हजनले छायाँकन गरेका हुन् । गीतको भिडियोमा प्रकाश सपुत र कुशुम शर्माको निकै रोमान्चक दृश्य देखाइएको छ । सुनिल विश्वकर्माको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रविण भटटले संपादन गरेका हुन् ।

 

‘ सकम्बरी माया गरिदेउ ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

सम्बन्धित समाचार