झण्डै १४ सय विदेशीले श्रम स्वीकृति नेपालमा काम गर्न दुई महिनामा लिए

गएको दुई महिनामा नेपालमा काम गर्न झण्डै १४ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन् । गएको वैशाख महिनामा नौ सय ७४ र जेठ महिनामा चार सय २२ जनाले गरी दुई महिनाको अवधिमै नेपालमा काम गर्नका लागि १३ सय ९६ जना विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।

यस्तै गएको वैशाख र जेठमा गरी १२ सय ९ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका छन् । वैशाखमा एक हजार ७२ जना र जेठ महिनामा एक सय ३७ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका हुन् । यता नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्याले नयाँ रेकर्ड बनाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा झण्डै साढे सात लाख जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १५ सम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या सात लाख ४० हजार रहेको छ । अघिल्लो आर्थिक वर्षमा झण्डै ६ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

सम्बन्धित समाचार