अध्यक्षमा ३ जना थापा महतो कार्की को दाबी गैरआवासीय नेपाली संघ मलेसियाको

मलेसिया: गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मलेसियाको २०२३-२०२५ को लागि अध्यक्ष पदका लागी ३ जनाले उमेदवारी दर्ता गरेका छन्। बिनोद थापा, राकेश प्रसाद महतो र सन्तोष कार्कीले उमेदवारी दर्ता गरेका छन् ।

 

बिनोद थापा गैरआवासीय नेपाली संघ मलेसियाका २०२१-२०२३ कार्यकालमा समितिको अध्यक्ष थिए भने राकेश प्रसाद महतो उपाध्यक्ष र सन्तोष कार्की सदस्यमा थिए ।

 

उमेदवारी दर्ताको अन्तिम दिन जुलाई १५ तारीख शनिबार गैरआवासीय नेपाली संघ मलेसियाको नयाँ समितिको लागि अध्यक्ष पदमा बिनोद थापा, राकेश प्रसाद महतो र सन्तोष कार्कीले उमेदवारी दिनुभएको छ।

 

बरिस्ठ उपाध्यक्षमा ईन्द्र नारायण लिम्बू र रन्जित कुमार क्षेत्री उपाध्यक्षमा अरुण गिरी, दिल कुमार केरुङ र हेम सपकोटा महिला उपाध्यक्षमा लिला मगर, युवा उपाध्यक्षमा नारायण अधिकारी, महासचिवमा कृष्ण प्रसाद नेपाल, बिमल कुमार राना, टेक बहादुर अधिकारी, सचिवमा श्याम बहादुर श्रेष्ठ, बिशु प्रसाद बराल, कोषाध्यक्षमा बाल धोज लिम्बू, युवा संयोजकमा राजु तामाङ र महिला संयोजकमा इन्दु बस्नेतले उमेदवारी दिएकोछ ।

सदस्यमा विष्णु चौधरी सेर बहादुर गुरुङ राजु कुमार श्रेष्ठ भेशराज  ज्ञवाली खेम राज खत्री विजय मण्डल उमेश कोहिरी महतो दाबी छ भने केही सदस्य पद मा उमेदवारी परेको छैन्।

अध्यक्ष र महासचिव पदकालागि भने सहमति जुटाउने प्रयास भईरहेको रअन्य पदका लागि सहमति नजिक पुगरकोछ । दावीबिरोध गर्ने अवधी जुलाई २२ तारीख सम्म रहेकोछ । सहमति बाटै नेतृत्व चयन हुनेमा विश्वस्त रहेको अधिवेशन निर्वाचन समिति संयोजक तथा गैरसरकारी नेपाली संघका केन्द्रीय सचिव खगेन्द्र न्यौपानेले बताउनभयो ।

गैरआवासीय नेपाली संघ मलेसियाको अधिवेशन जुलाई ३० तारीख होटल ग्राण्ड कन्टिनेन्टलमा हुने भएकोछ ।

 

 

 

 

सम्बन्धित समाचार