मलाई पदको कूनै लोभ छैन तर नेतृत्वमा कसको आवश्यकता छ भन्ने हो : बिनोद थापा

मलेसिया:= आउँदो कार्यकाल २०२३-२०२५ को निमित्त गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) एनसीसी मलेसियाका लागि गत जुलाई १५ तारिख शनिबार उम्मेदवारी दर्ता कार्यक्रमपछि तीन जनाको नाम निकै चर्चमा छ ।

राकेश प्रसाद महतो, बिनोद बहादुर थापा र सन्तोष कार्की तिनै जनाको उम्मेदवारी अध्यक्ष पदका परे संगै माहोल तातिएको हो । बिनोद थापा २०२१ देखि २०२३ मा अध्यक्ष पदमा रहेर काम गर्दै आएका छन् । थापाको कार्यशैली प्रति सिंगो कार्यसमितिका टिम सन्तुष्ट देखिन्छन् ।

बिनोदको कार्यकालमा सेल्टर हाउस संचलान आए सँगै उनि दुःख पिडामा परेका नेपाली लाई आफै फिल्डमा खटिएर सेवा गर्दै आएका छन् । उनको नेपाली दुतावास सँग पनि निरन्तर आवश्यक अनूसार सहकार्य हुँदै आएको छ । अशंख्य मलेसिया बासि नेपालीहरुको घाउमा मलम पट्टि लगाउन बिनोद पुनः आफ्नो कार्यकाल दोहोर्याउने दाउमा देखिन्छन् ।

नेपाली जनता खबर सँग कुरा गर्दै भने ! हाम्रो प्रश्न थियो तपाइँ किन दोहोरिन चाहानु हुन्छ ? अरुलाई किन पालो दिन खोज्नु भएन ? जवाफ दिंदै भने मलाई पदको कूनै लोभ छैन तर म माथि सबैको गरेको विश्वास तोड्न चाहन्न । दुई वर्षमा संस्था मैले जुन उचाईमा ल्याएको छू ५०% प्रतिशत काम राम्रो गरेको छू । म १००% प्रतिशत पुर्याउँछु । त्यो जिम्वेवारीको विश्वास मलाई गरेका छन् ।

थापा सोही प्रश्नलाई जोड्दै भन्छन्, मलाई जस्तै विश्वास अन्य उम्मेदवारी दर्ता गर्ने प्रतिद्वन्दीलाई सबैले गरे भने म आफ्नो उमेद्वारी फिर्ता लिन तयार छु । तर स्वार्थको लागि संस्थालाई गलत बाटो तर्फ जान दिन सक्दिन । मैले नेपाली श्रमीकलाई समस्या पर्दा रात दिन नभनि खटेको छु, उहाँले भन्नुभयो । हुन पनि थापाले कोरोना भाइरसले विश्व थलापरेको अवस्थामा आफ्नो ज्यान समेत जोखिम राखेर सयौं नेपालीलाई राहात सामाग्री उपलब्ध गराउंदै, उपचारको लागि पनि हस्पिटल धाइरहेका देखिन्थे ।

सोहि कारणले पनि उनलाई रुचाउने र नयाँ नेतृत्वमा देख्न चाहानेको सङ्ख्या बढी देखिएको छ । उनको जितको लागि सामाजीक सञ्जालमार्फत समर्थनको ओहिरो लागेको छ । अहिले थापालाई पुनः जितको शुभकामना प्रदान गर्नेको भिड लागेको छ । नेपाली जनता खबर  ।

सम्बन्धित समाचार