राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतार शाखाले गर्यो पहिलो म्युजिक भिडियो बिमोचन …

दोहा कतार – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान शाखा कतारले सस्थामा आबद्ध कलाकारद्वय पुकार थापा र एलिसा खत्रीको ” बन्धन फुक्यो” नामक पहिलो म्युजिक भिडियो शुक्रबार एउटा कार्यक्रम आयोजना गरि बिमोचन गरेको छ।

सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा प्रतिष्ठानका अध्यक्ष शिबराम ढकालको सभापतित्व, प्रमुख संरक्षक प्रभात त्रिपाठीको प्रमुख आतिथ्यता, प्रतिष्ठान शाखा कतारका सस्थापक अध्यक्ष कृष्ण बराल, अन्तरास्ट्रिय कलाकार मंचको अध्यक्ष भबिन तामाङ, भिडियो निर्देशक, अमित बराइली, गितकार तथा सङ्गीतकार मङ्गल बि.क निवर्तमान अध्यक्ष शक्ति क्षेत्री लगायत प्रतिष्ठान शाखा कतारको कार्यसमिति पदाधिकारी साथै सदस्यहरुको उल्लेखनीय उपस्थितिमा दिप प्रज्ज्वलन गरि कार्यक्रमको सुरु गरिएको थियो ।

रमेश कार्कीको उत्कृष्ट शब्द सिर्जना तृप्ती खड्का गुरुङको सङ्गीत र बिक्रम कार्कीको सङ्गीत समायोजनमा चर्चित गायक सुरेश लामा र तृप्ती खड्का गुरुङले सुमधुर आवाज भरेको गित सारेगम रेकर्डिङ स्टुडियो सामाखुसीमा रेकर्ड भएको हो ।

निर्देशक अमित बराइलीले निर्देशन गरेका भिडियोमा नव जोडि कलाकार पुकार थापा र एलिसा खत्रीको हृदय बिदारक अभिनय गरेका देख्न सकिने छ भने छायांकन अर्जुन कुमार र सम्पादन मिलन बिश्वकर्माले गरेका हुन ।

तृप्ती खड्का गुरुङ नामको युटुब च्यानल मार्फत बजारमा आएको करिब ४:३० मिनेको भिडियोमा एउटा बिबाहित जोडि घरपरिवार र बालबच्चा हुँदा हुदै पनि आफुले गरेको सानो गल्तीले कसरी डिभोर्सको लागि अदालतको ढोकासम्म पुर्याउछ भन्ने कुरालाई सहज तरिकाले बुझाउन खोजिएको छ।

समसामयिक बिषयलाई कलात्मक हिसाबले तयार पारीएको उक्त भिडियो बिमोचन पछि केही सङ्गीतको हस्तिहरुले कलाकारहरुलाई प्रोत्साहन स्वरुप बधाई तथा शुभकामना सहित भिडियोको बारेमा समिक्षात्मक बिचार समेत राखेका थिए भने कार्यक्रम सहजीकरण प्रतिष्ठानको कार्यबाहक सचीव कृष्ण दर्लामी र सुनिल परियारले गरेका थिए ।

भिडियोमा कतारको विभिन्न ठाउँको रमणीय दृश्यहरु पनि देख्न सकिनेछ ।

भिडियो हेर्न तल अन्तिमसम्म पुग्नुहोला।

????️????️????️????️????️????️????️????️????️????️????️

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

????️????️????️????️????️????️????️????️????️????️

 

 

सम्बन्धित समाचार