अध्यक्ष पदबाट कार्कीले उम्मेदवारी फिर्ता लिएपछि, थापा र महतोबीच भिडन्त कसले मार्ला बाजी।

 

[ आरएन चौधरी थारु ]

 

 

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाको जुलाई ३० तारिख हुने निर्वाचनमा भाग लिएका उम्मेदवार हरुको अन्तिम नमावली प्रकाशन गरेका छ्न ।

 

निर्वाचन समितिले सार्वजनिक गरेको नमावलीमा उल्लेख भए अनुसार अध्यक्ष पदको लागि जुलाई १५ तारिख भएको उम्मेदवारी दर्ताको क्रममा उम्मेदवार हरु बिनोद थापा , सन्तोष कार्की र राकेश महतोले उम्मेदवारी दर्ता गराएका थिए , यी तीन जना उम्मेदवारमध्य सन्तोष कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छ्न ।

 

 

फोटोमा क्रमशः अध्यक्षका उम्मेदवार राकेश प्रसाद महतो , बिनोद बहादुर थापा र सन्तोष कार्की ।

निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवार हरु को लागि आज मिति सन् २०२३ जुलाई २४ तारिख सोमबारसम्म लाई उम्मेदवारी फिर्ताको समय थप गरेका थिए ।

सोही अनुरुप अध्यक्ष पदका उम्मेदवार सन्तोष कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिको संयोजक खगेन्द्र न्यौपानेले बताए ।

 

अब अध्यक्ष पदका उम्मेदवार हरु बिनोद थापा र राकेश महतोबीच कडा प्रतिस्पर्धा हुने देखिन्छन् । यी दुईजना एउटै प्यानलको भए ता पनि एक अर्काबीचमै प्रतिद्वन्दी बनेर प्रतिस्पर्धा (चुनाव) मा उत्रिदैंछ्न ।

 

 

 

 

 

समितिका संयोजक न्यौपानेले बताए अनुसार अध्यक्ष पदका उम्मेदवार बिनोद थापा र राकेश महतोबीचमा अनि महासचिव पदका उम्मेदवार बिमल राना र टेक बहादुर अधिकारी (टीकाराम) को बीचमा अनलाइन भोटिङ मार्फत यहीँ जुलाई २९ तारिख शनिबारको दिन चुनाव हुने बताए ।

 

एनआरएनए मलेसियाको निर्वाचनमा भाग लिएका यी दुई पद बाहेकका सबै उम्मेदवार हरु निर्विरोध सर्वसम्मत निर्वाचित भैइसकेका छ्न । मलायाखबर बाट साभार

 

सम्बन्धित समाचार