NRNA मा जय शम्भु उर्फ राज गुरुङले उम्मेदवारी दिएपछि पोर्चुगलमा अन्य उमेदवारिले भटाभट उम्मेदवार फिर्ता….

पोर्चुगल : गैर आवासीय नेपाली संघ एनआरएनए एनसिसि पोर्चुगलकाे आउदो कार्यकाल २०२३- २०२५ काे लागि सदाझै सुनसान हुने पोर्चुगलको राजधानी लिस्बोन स्थित आरोस राज्य आज भोलि गैर आवासीय नेपाली संघ एनआरएन को चुनाब सगै भरिन थालेको छ चोक गल्ली होटेल क्याफेहरुमा चुनाबी गफहरु चर्किदै छ।

तेसै क्रममा उपाध्यक्षको उम्मेदवार जय शम्भु अर्थात राज गुरुङले घँषणा गरे  सगै अरु उपाध्यक्ष पदमा दाबी गर्न नसकेको देखिन्छन्।

लमजुङ जिल्लामा जन्मेका जय शम्बु लमजुङ समाजको बरिस्ठ उपाध्यक्ष मात्रै हैन ३/४ हजार गुरुङहरुको बाहुल्य भएको गुरुङ समाजको कोषाध्यक्ष पनि हुन।

लिस्बोन बाट २० मिनेटको यात्रा पछि पुगिने ठाउमा उनले आफ्नै कृषि ब्याबसाय सञ्चालन गरेका छन् ।धेरै दुई तीन सय जनाले रोजगारी पाएका छन।

उनी समाज सेवामा पनि उतिकै सकृय देखिन्छन् कसैलाई दुख पिडामा पर्दा उनकै नाम अगाडि आउँछ।समाजसेवा नै गरेर लाखै रुपया दान गरिसकेका छन्।

जयकाे उमेदवार घोषणकै कारण धेरै ले आफ्नो उम्मेदवार फिर्ता लिएका छन् उनले भारी मतका साथ जितले संकेत देखिएको छ ।

 

सम्बन्धित समाचार