भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको यो वर्षको तिज गित “मायाले त होला” सार्बजनिक…..

दोहा कतार- भागिरथ चलाउने नाम सुन्ने बित्तिकै हामी नेपाली गित सङ्गीतको क्षेत्रमा एउटा सफल सर्जक सङ्गीतकार तथा गायक भनेर चिन्दछौ, उनी पछिल्लो समयका ब्यस्त रहने कलाकार भित्र पनि पर्छ्न हो उनै सर्जक गायक चलाउनेले आज मात्रै “मायाले त होला” नामको उत्कृष्ट तिज गित सार्बजनिक गरेका छन ।

चलाउने आफैले शब्द, सङ्गीत र स्वर भरेको गितमा महिला आवाजमा चर्चित गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकी छिन भने सङ्गीत समायोजन बिनोद बाजुरालीले गरेका हुन । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिष्ट गोबिन्द पराजुली र सागर बाजुरालीले गरेको रेकर्डलाई खड्ग बाजुरालीले मिक्सिङ गरेका हुन ।

भागिरथ आफै र अन्जना बराइलीले सानदार अभिनय गरेको गितको भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन राजेश घिमिरे छायांकन र नवीन घर्तीमगरले सम्पादन गरेका छन ।

बिशेषगरी माया पिरतीका कुरा र सामाजिक परिघटनाहरु लाई टपक्कै टिपेर सरल शब्दमा उत्कृष्ट लय सिर्जना गर्न माहिर गायक चलाउनेको यश अघि पनि झमझम झम्काना, जय शिव जय भोला, थोपडाले धोका दियो बरिलै, गोरखपुरको सलाई, नरिसाउन कान्छु लगायत दर्जनौं तिजको गितहरु सर्बाधिक रुचाइएको गित माध्यका गित हुन ।

भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।

????️????️????️????️????️????️????️????️????️????️????️????️

 

 

 

सम्बन्धित समाचार