चलचित्र सम्बन्धि कानुन छिट्टै परिमार्जन हुन्छःसञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालीचलचित्रसम्बन्धि विद्यमान कानुन छिटोभन्दा छिटो परिमार्जन गर्ने बताउनु भएको छ ।

पुरानो ऐन, नियमलाई परिमार्जन गरेर चलचित्र क्षेत्रकोविकास गर्नुपर्ने भएकाले सरकारले सो कामलाई छिटो सम्पन्न गर्न लागेको मन्त्री शर्मालेबताउनु भयो ।

भुवन–चैत्य–बसुन्धरा फाउण्डेशनले आईतबार काठमाडौंमा आयोजनागरेको एक कार्यक्रममा बोल्दै उहाँले ब्लाकेनह्वाईट युगबाट सुरु भएको नेपालको चलचित्रक्षेत्र डिजिटल युगमा प्रवेश गरिसकेकाले विज्ञहरुको सुझावको आधारमा त्यसम्बन्धि कानुनलाईसरकारले परिमार्जन गर्दै अघि बढाउने योजना बनाएको पनि बताउनु भयो ।

मन्त्री शर्मालेनेपाली चलचित्रलाई विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरी क्वालिटीमा ध्यान दिन जरुरीरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यस क्षेत्रको विकासका निम्ति, यस क्षेत्रमा आफ्नो जीवन गुजार्नेव्यक्तित्वहरुलाई सम्मान गर्न कसरी सकिन्छ ? के सकिन्छ भन्ने विषयमा पनि हाम्रो चलचित्रविकास बोर्ड छ । चलचित्र बोर्डसँग हामी छलफल गर्नेछौं ।

सरसल्लाह गर्नेछौं । र,चलचित्र बोर्डमार्फत् यहाँहरुको योगदानलाई, यहाँहरुको भूमिकालाई हामीले अघिबढाउने कोशिस गर्नेछौं । हिजो ब्लाकेन ह्वाईटबाट सुरु भएको सिनेमा आज आज डिजिटलसिनेमामा प्रवेश गरिसक्यो । हामीसँग नियम, कानुन धेरै पुराना छन । चलचित्र विकासबोर्डले एउटा ऐन ड्राफ्ट गरेर पठाएको छ ।

अव त्यहाँबाट केही थप गर्न प¥यो भने,थुप्रै सुझावहरु आए । त्यसलाई परिमार्जन गरौं भनेर चलचित्र विकास बोर्डमा फेरीआएको छ । र, हामी त्यसलाई छिटो भन्दा छिटो पारित गरेर यस क्षेत्रको विकासका निम्तिहामी अगाडि बढन खोज्दैछौं ।

र, म छोटोमा के भन्न चाहन्छु भने नेपालको स्वदेशीचलचित्र, आफ्ना स्वदेशी कलाकारहरु विस्तारै विदेश चलचित्रहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने,त्यहाँ अगाडि जान नसक्ने स्थितिमा पुगेका छन । कतिपय अवस्थामा राज्यले नीतिगत रुपमै व्यवस्थागर्नुपर्छ भने कतिपय हामीले हाम्रो क्वालिटीमा नै व्यवस्थापन गर्नु पर्नेछ ।

 

मन्त्रालयमन्त्री शर्माले नेपालकोचलचित्र क्षेत्रलाई विदेशी चलचित्रहरुसँग प्रतिस्पर्धा गर्नका लागि सरकारले आवश्यक नीतिगतनिर्णय लिने पनि बताउनु भयो । त्यस अवसरमा उहाँले चलचित्र विकास बोर्डसँग परामर्शगरेर सरकारले चलचित्रकर्मीहरुको योगदानको उचित कदर गर्ने आश्वासन समेत दिनु भयो ।

 

सम्बन्धित समाचार