राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल शाखा कतारको तेस्रो कार्यकालको पहिलो वार्षिक साधारण सभा आउने शुक्रबार हुने…….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान शाखा कतारको तेस्रो कार्यकालको पहिलो वार्षिक साधारण सभा तथा नेपाली नारीहरुआउने शुक्रबार अर्थात सेप्टेम्बर ०८ तारीख हुने पक्का भएको छ।

सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा हुन लागेको उक्त कार्यक्रमको लागि कतारमा स्थापित सम्पुर्ण संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक सस्थाका प्रमुख तथा प्रतिनिहरु, समाजसेवी, बुद्धिजीवीहरु, बिशिस्ट ब्याक्तित्वहरु, कलाकार, पत्रकारहरुलाई पत्राचार गरिसकेको र कारणबस पत्र पाउनु भएको छैन भने यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित भइदिनु हुन सस्थाका अध्यक्ष शिबराम ढकालले सबैलाई अनुरोध गरेका छन ।

कार्यक्रममा नेपाली मौलिक कला सस्कृती झल्काउने विषेश साङ्गीतिक प्रस्तुतिहरु सङ्गै प्रत्यक्ष लाइभ दोहोरी, पन्चेबाजा, कमेडीको साथै तिज विषेश प्रस्तुतिहरु रहने कार्यक्रम संयोजक कृष्ण ढकालले जनता खबरलाई बताएका छन ।

सस्थाको वार्षिक साधारण सभा कार्यक्रम भएता पनि नेपाली नारीहरुको बिषेश पर्व हरितालिका तिज नजिकै आएको हुँदा साधारण सभाको अबसरमा तिजको कार्यक्रम पनि जोडेकोले कतारमा रहनु भएको सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु उपस्थित भइ कार्यक्रमको सोभा बढाई दिनु हुनेछ भन्ने अपेक्षा राखेको पनि बताए ।

यदि कार्यक्रमको बारेमा थप जानकारी लिन चाहानुहुन्छ भने अध्यक्ष – शिबराम ढकाल – ७०६१८५१४, प्रथम उपाध्यक्ष – ७०७२९९२४ र का.बा सचीव कृष्ण दर्लामी – ७७६७१९४९ मा सम्पर्क गर्न सक्नु हुने छ।

 

 

 

 

nepalijanatakhabar

समबन्धित समाचार