नुवाकोट साँङ्गीतिक साझ (२०२३) कार्यक्रम हुने स्थान परिवर्तन……

दोहा कतार – नुवाकोट सेवा समाज कतारले यहि आउने शुक्रबार अर्थात नोभेम्बर-२४ तारिख बडा दशैं, शुभ दिपावली, नेपाल संवत तथा छ्ठ पर्वको उपालक्ष्यमा गर्न लागेको शुभकामना आदानप्रदानको साथै “नुवाकोट साँगीतिक साझ” (२०२३) कार्यक्रमको स्थान परिवर्तन भएको छ।

आयोजक समितिले बुधबार एउटा सूचना जारी गर्दै सनैयाको फुलबारी रेस्टुरेन्टको सभाहलमा हुने भनिएको सो कार्यक्रम विभिन्न प्राबिधिक कारणले दोहामा रहेको ग्राण्ड रिगल होटलमा सारिएको जानकारी गराएको छ। जुन कार्यक्रममा आफ्नो साङ्गीतिक प्रस्तुतिहरु दिन नेपालबाट चर्चित लोक दोहोरी गायिका अमृता श्रीपालको साथै काठ क्षेत्रमा सर्वाधिक रुचाइएका गायक सरोज लामिछाने र म्हेन्दोमाया गायक सौराग तामाङ आजै कतार आइपुग्ने पनि जनता खबरले जानकारी पाएको छ।

नुवाकोट सेवा समाज कतारको मुख्य आयोजना एवंम संगम सेवा समाज कतार र दाङसिङ युवा सेवा समाज कतारको सह-आयोजनामा हुन लागेको कार्यक्रमको स्थान परिवर्तनले निमन्त्रणा गरिएका अतिथिहरु, संघसस्था, समाजसेवी, बुद्धिजीवीहरु, कलाकार, पत्रकारहरु, शुभेच्छुक, शुभचिन्तक र दर्शकहरु प्रति पर्न गएको असुविधा प्रति क्षेमा माग्दै उपस्थितिको लागि अनुरोध पनि गरेको छ भने कार्यक्रम निर्धारित समय शुक्रबार दिउँसो १२ बजेबाटै सुरु हुने तालिका रहेको छ।

लोकेसन :- GRAND REGAL HOTEL- M – FLOOR – ARMANE – X – LOUNGE & BAR HALL ( NEAR SANA SIGNAL)

मेट्राेकाे प्रयाेग गर्नुहुनेहरुलाई नेशनल म्युजियम मेट्राे स्टेशनबाट मात्रै ५ मिनेटकाे दुरिरहेकाे जानकारी गराउदछाै।

 

 

 

सम्बन्धित समाचार