१८ महिना अघि मलेसिया पुगेका जाजरकोटका लोक बहादुर रावतले झुण्डिएर गरे आत्महत्या

मलेसिया: स्वदेशमा रोजगारीकाे अवसर नहुँदा लाखौंकाे संख्यामा नेपाली युवाहरु श्रम बेचन विदेशिनु पर्ने वाध्यता छ विदेश पुगेर पनि भने जस्तो काम नपाउने पिडा त छँदै छ काम गर्ने क्रममा दुर्घटनामा परेर धेरैले हात खुट्टा गुमाएर असक्त जीवन बाँचिरहेका छन् भने कयौ नेपालीले ज्यान गुमाएका छन्।

 

यस्तै क्रममा १८ महिना अघि मलेसिया पुगेका भेरि नगरपालिका जाजरकोट १२ का लोक बहादुर रावतले आफै सुत्ने बेडमा झुण्डिएर आत्महत्या गरेका छन् तर घटनाका प्रकृति हेर्दा आत्महत्या गरेको जस्तो भने देखिँदैन मृतक यस्ताे अवस्थामा थिएँ।

उनि १८ महिना देखी मलेसिया जोहोर बारु Senku Production Engineering Sdn. Bhd. कम्पनीमा कार्यरत थिए अहिले रावतकाे शव जोहोर बारु पोन्टेन  हस्पिटल राखिएको छ भने उनको शव स्वदेश पठाउनका लागि पनि पहल भइरहेको सोहि एनआरएनए क्षेत्रिय समिति जोहोरका सचिव छविलाल गिरीले जानकारी दिएका छन्।

 

अन्य बाँकी विवरणका लागि नेपाली जनता खबर डट्कमकाे साथमा रहनु होला

सम्बन्धित समाचार