६५ वर्षीय पूर्वसूचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन

काठमाडौं, । पूर्वसूचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ।

 

लामो समयदेखि कलेजको समस्याबाट पीडित ६५ वर्षीय न्यौपानेको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारका क्रममा निधन भएको हो ।

 

न्यौपानेको शव पशुपतिको शव चिस्यान कक्षमा राखिएको छ। उनकी श्रीमती नेपालगन्ज र छोरा दुबईबाट आएपछि २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

 

कालिकोटको रास्कोट नगरपालिका–८ स्थायी घर भएका न्यौपाने २०५१ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कालिकोटमा निर्वाचित भएका थिए। उनी मनमोहन अधिकारीको ९ महिने सरकारमा सूचना तथा सञ्चार सहायकमन्त्री बनेका थिए ।

सम्बन्धित समाचार