गैरआवासीय नेपाली तारा “सिजन-४” को दोस्रो अडिसन शुक्रबार कतार च्यारिटिको सभा हलमा हुने….

दोहा कतार- गैरआवासीय नेपाली तारा “सिजन-४” को दोस्रो अडिसन दोहा स्थित कतार च्यारिटिको सभा हलमा शुक्रबार हुने भएको छ।

“नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं” भन्ने नाराका साथ प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्य र राष्ट्रिय आविष्कार केन्दको सहयोगार्थ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजना गरिएको कार्यक्रमको दोस्रो अडिसनको सम्पुर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी गराएको छ।

सनैयाको फुलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको पहिलो (मेघा) अडिसनमा गायन र नृत्य विधामा ४९ जनाले प्रतिस्पर्धा गरेका थिए भने ती मध्यबाट ४१ जनाले दोस्रो अडिसनको लागि स्थान बनाएका थिए।

जसबाट दोस्रो अडिसनमा गायन विधाबाट उत्तम राई, अक्षय लिम्बु, अनमोल ढकाल, भीम बहादुर कार्की, अशोक गुरुङ, बनिता राई, बुद्ध सिंह लिम्बू, चित्र बहादुर राना, गौतम सामी लिम्बू, हरिस चन्द्र नेपाली, ईशान रेग्मी, जोन बिक, किरण बिक, क्षितिज तामाङ, मानसिङ परियार, असलमान राई, रेश्मी विश्वकर्मा, शरला तामाङ, सुजन गुरुङ, सुरज केसी, रुस्तम तामाङ, प्रविन रामदाम, बद्री देवकोटा, मालती लामा, दीपक कुमार घले, एन्जल कुलुङ, अनमोल श्रेष्ठ र नृत्यतर्फ सौजन चाहार, जुनुमाया कुमाल, झरना राई, सबिना राई, दिया सिंह, जीवन खालिंग राई, सुनिता शेर्पा, ललिता लामा, अमित राई, रिता श्रेष्ठ, निरु श्रेष्ठ, शर्मिला घर्ती, सरोज लामा र रेखा मगरले प्रतिस्पर्धा गर्दैछन।

प्रतियोगिताको तेस्रो चरण १२ जनवरि २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा हुने कार्यतालिका रहेको छ । तेस्रो र ग्राण्ड फिनालेका लागि स्थान र समयका बारेमा एक हप्ता अगाडि सूचनामार्फत जानकारी गराइने आयोजक समितिले बताएको छ भने प्रतियोगिताको विजेताले गायन तर्फ १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन साथै उपविजेताले ७५ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाउनेछन र कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने पनि आयोजकले बताएको छ ।

 

 

 

 

सम्बन्धित समाचार