एनआरएन आइडलको – (२०२३) सिजन-४ को दोस्रो अडिसन सम्पन्न – २९ जना प्रतिस्पर्धीले अर्को चरणको लागि मारे बाजी ….

दोहा कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा जारी गैरआवासीय नेपाली तारा (२०२३) सिजन -४ को दोस्रो अडिसन शुक्रबार अल सलातामा रहेको कतार च्यारिटीको हल र नज्माको अफघानी युनियन रेस्टुरेन्ट (अल नक्यान रेस्टुरेन्ट) सम्पन्न भएको छ।

बाल कलाकारहरु बार्बी खड्का, आरजु राई र आरुषी रिजालको स्वागत नृत्यसङ्गै सुरु भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व र एनआरएनए आईसीसीका उपाध्यक्ष राज रेग्मी अतिथि निर्णायक रहेको कार्यक्रममा तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमको पहिलो अडिसनबाट दोस्रो अडिसनको लागि -४१ जना प्रतिस्पर्धीहरु छनौट भए पनि -३९ जनाले मात्र सहभागीता जनाएका प्रतियोगिताबाट गायन बिधामा -१९ र नृत्य बिधामा -१० गरि जम्मा -२९ जनाले तेस्रो चरण अर्थात (सेमिफाइनल) को लागी बाजि मारेका छन।

प्रतियोगिताको दोस्रो चरणमा सहभागी भएका मध्य गायन बिधा बाट सुजन गुरुङ, बुद्ध सिंह लिम्बु, भीम बहादुर कार्की, जोन विक, असोक गुरुङ, रुष्तम तामाङ, मानसिङ परियार, इसान रेग्मी, सुरज केसी, मालती लामा, बनिता राई, दीपक कुमार घले, गौतम सामी लिम्बु, प्रविन रामदाम, क्षितिज तामाङ, रेश्मी विश्वकर्मा, उत्तम राई र सरला तामाङ तेस्रो चरणको लागी छनौट भएका छन। 

त्यसैगरी नृत्य बाट जुनुमाया कुमाल, झरना राई, सरोज लामा, जीवन खालिंग राई, अमित राई, रिता श्रेष्ठ, सौजन चाहार, निरु श्रेष्ठ, दिया सिंह र सुनिता शेर्पाले अर्को चरणको यात्रा तय गर्न सफल भए भने अरु सबै प्रतिस्पर्धी प्रतियोगिता बाट बाहिरिएका छन।

“नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं” भन्ने मुल नारा बोकेर राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा गायन तर्फ बिरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगर निर्णायक रहेका छन।

एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव ज्ञान बहादुर गुरुङ (डिजन) ले सहजीकरण गरेको कार्यक्रममा कमलमणि गुरागाईं र बुधबल गुरुङ र क्रान्ति सिंह पर्यवेक्षकका रूपमा रहेका थिए भने अतिथि निर्णायक आईसीसीका उपाध्यक्ष राज रेग्मी, तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङले शुभकामना मन्तव्य राखेका थिए।

साथै एनसीसी कतारका अध्यक्ष तथा कार्यक्रमको सभापति रमेश भट्टले कार्यक्रमको दौरान भएका केही कमि कमजोरीहरु प्रति माफी माग्दै आउने कार्यक्रमहरुमा यस्ता कमजोरीहरु नहुनेमा विस्वस्त पार्दै अर्को चरणमा पुग्न सफल प्रतिस्पर्धी कलाकारहरुलाई सफलताको शुभकामना दिदै कार्यक्रम को समापन गरेका थिए ।

प्रतियोगितामा विजय हुने प्रतियोगीले गायन तर्फ -१ लाख ८१ हजार र नृत्य तर्फ १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन भने उपविजेताले समान ७५ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाउनेछ्न ।

नोट- तेस्रो अडिसन अर्थात (सेमिफाइनल) चरणको प्रतिस्पर्धा आगामी जनवरी -१२ तारिक हुने तालिका रहेको र २-फेब्रुअरी २०२४ मा हुने प्रतियोगिताको ग्राण्ड फिनालेमा नेपालबाट दुबै बिधाका १/१ जना अतिथि निर्णायकको साथै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आउने जानकारी आयोजक समितिले गराएको छ।

 

 

 

सम्बन्धित समाचार