प्रवासी नेपालीहरुको जीवन भोगाईलाई संघर्षको कथा मार्फत उजागर गर्दै – कार्यक्रम प्रस्तोता एन. बि. घिसिङ….

दोहा कतार – परदेशी भुमिमा रहेर युटुबमा कुनै एउटा साप्ताहिक भिडियो कार्यक्रम चलाउन कत्तिको सहज होला ? त्यो पनि हरेक भागमा फरक-फरक व्यक्तिहरुलाई जोड्दै कार्यक्रम तयार पार्न सम्भब छ त ?
यो प्रश्नको जवाफ तपाईले सहज रुपमा चाहाना र इच्छा शक्ति भए सम्भब छ भन्ने पाउनु हुनेछ।

हो आज नेपाली जनता खबरमा हामीले परदेशी भुमिमा रहेर ब्यस्त समयाको बाबजुद पनि यस्तै इच्छा चाहाना भएका र परदेश बाटै एउटा उत्कृष्ट साप्ताहिक भिडियो कार्यक्रम चलाउदै आएका कार्यक्रम प्रस्तोताको बारेमा चर्चा गर्ने जमर्को गरेका छौँ ।

बिगत लामो समय देखि कतारलाई कर्मथलो बनाउदै आउनु भएका कुशल कार्यक्रम प्रस्तोता रामेछापका एन.बि. घिसिङले केही महिना अघिदेखि युटुब कार्यक्रम संघर्षको कथा अर्थात (failure to success) साप्ताहिक रुपमा नियमित प्रसारण गर्दै आउनुभएको छ।

घिसिङले प्रसारण गर्दै आएका कार्यक्रमको २३औं भाग प्रसारण भए लगतै हामीले उहालाई भेटेर संघर्षको कथा कस्तो कार्यक्रम हो ? यसको उद्देश्य को हो ? भनेर प्रश्न गर्दा उहाँ भन्नू हुन्छ। “संघर्षको कथा परदेशबाट प्रसारण हुने एउटा नितान्त फरक कार्यक्रम हो। यस कार्यक्रममा हामी प्रवासमै रहेर जिन्दगीको हरेक पल संघर्ष गरिरहेका श्रमजीवी बर्ग, सामाजिक ब्यक्तित्वहरु, ब्यापार व्यवसाय गरिरहेका साथै पर्दा पछाडि परेका कला, गला भएका कलाकारहरु, खेलाडी तथा विभिन्न ब्यक्तिहरुको बिगतमा परी आएको भोगाइ र अनुभवको स्मरण गराउदै वर्तमान अवस्थामा आइपुग्दा सम्म जिवनमा गर्नु परेको मिहिनेत र संघर्षको कुरा कार्यक्रम मार्फत प्रसारण गर्दै आएका छौं ।”

भिजन एण्ड भाइब्स (VISION N VIBES) नामक युटुब च्यानलबाट हरेक बुधबार दिउँसो प्रसारण हुने कार्यक्रम हेरेका थुप्रै दर्शकहरुको सकारात्मक प्रतिक्रियाले थप हौसला मिलेको हुँदा कार्यक्रमलाई निरन्तरता दिदै अहिले २३औं भाग सम्म आइपुग्न सफल भएको हौं र यहा सम्म आइपुग्द आफ्नो टिमले पुर्णरुपमा साथ सपोर्ट गरेकोमा आफू खुशी रहेको बताउदै कुनै पनि ब्यक्ति जीवनकालमा कसरी सफल हुन सक्छ अथवा कसरी असफल बन्छ भन्ने कुराको कारण थाहा पाउनुको साथै जिवनको भोगाइहरुलाई उजागर गराउदै सबैलाई सकारात्मक सोचाइ तर्फ उत्प्रेरित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनु भयो ।

सामुयल सुनुवार (साम) को परिकल्पना र निर्देशनमा तयार हुने कार्यक्रमको टेक्निकल पाटो प्रकाश दर्नाल शितलले समाल्दै आएका छ्न भने बाकी सम्पुर्ण काम प्रस्तोता स्वयंम र अन्य साथिहरुले गर्दै आउनुभएको छ।

हाम्रो तर्फबाट पनि कार्यक्रम संघर्षको कथा अर्थात (failure to success) र सम्पूर्ण टिमलाई लाई सफलताको धेरै धेरै शुभकामना ।।

भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नु होला।।
????️????️????️????️????️????️????️????️????️????️????️????️????️????️????️

 

 

 

 

सम्बन्धित समाचार