मगर संघले राष्ट्रिय पर्व माघ्या सकराटी मनाउन बोलाएको कलाकार नेपालबाट बुधबार कतार आइपुगे…..

दोहा कतार – नेपाल एउटा यस्तो देश हो जुन देशमा बसोबास गर्ने हरेक समुदायको आ-आफ्नै प्रकारको भाषा, भेषभुषा, रितिरीवाज र चाडपर्वहरु छन, त्यही चाडपर्वहरु मध्यको मगर समुदायले मनाउने धेरै पर्वहरु भित्र पर्ने राष्ट्रिय प्रमुख चाड ‘माघ्या सकराटी पनि एक हो ।

हो सोही माघ्या सकराटी नेपाल मगर संघ शाखा कतारले अघिल्ला वर्षहरु जस्तै यो वर्ष पनि “माघ्या सकराटी – २०२४ वनभोज तथा बृहत सांस्कृतिक कार्यक्रम” को आयोजना गरि आउने शुक्रबार अर्थात जनवरी १९ तारिक मनाउने भएको छ।

दोहाको न्यु सलातामा रहेको अल अरबी स्पोर्ट्स क्लबको हलमा हुने उक्त कार्यक्रममा आफ्नो साङ्गीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित गरिएका कलाकारहरु मध्य गायक तथा हास्यकलाकार अर्जुन कुँवर (पित्री बुढो) केहि दिन अगाडि र लोक तथा दोहोरी गायिका रुसमा सिजांली मगर ( रुपी) र मोडल तथा डान्सर अस्मिता राना मगर हिमालयन एयरलाइन्सको उडान मार्फत बुधबार बिहान कतार आइपुगेका छन भने अर्का एकजना कलाकार गायक तथा सगिंतकार डोलराज बाह्रघरे दुबैबाट बुधबार राती कतार आईपुग्ने आयोजकले बताएको छ ।

नेपालबाट आमन्त्रित कलाकारहरुलाई स्वागत गर्न हमद अन्तर्राष्ट्रिय विमानस्थलमा संघका महासचिव कार्यसमितिका पदाधिकारीहरु लगायतका अन्य केहि व्यक्तिहरु पुगेका थिए, भने संघले कार्यक्रममा मगर समुदायको मौलिक नाच सालैजो, कौरा ,झ्याउरे, हुर्रा, भुम्या तथा लोकदोहोरीको साथै मगर फिल्मी र आधुनिक गितहरुमा गायन तथा नृत्यहरु हेर्न पाइने जानकारी गराएको छ र सो कार्यक्रममा आउन जानको लागि कतारको दोहा, सनैया, अल्खोर, सहानिया तथा अन्य  स्थानहरुबाट  निशुल्क यातायातको व्यवस्था समेत रहेको आयोजकले जनता खबरलाई जानकारी गराएको छ।

“सम्पुर्ण मगरहरुको एकता- अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारले मगरहरुको राष्ट्रिय प्रमुख सांस्कृतिक चाड “माघ्या सकराटी” ( मगर मिनाम ल्हेस ५०१७) २०२४ को अवसर पारेर शुक्रबार मनाउन लागेको र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक देबी कुमारी मगरले बताएकी छिन ।

माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गते मनाइने यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन र नयाँ वर्ष पनि मान्ने गर्छन, मगर जातिले मुख्य रूपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्या/सेल्हैस पनि भन्छन। नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने छेत्री, बाहुन, राई, लिम्बु, नेवार, गुरुङ आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा अनुसार भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

 

 

 

सम्बन्धित समाचार