दोहा कतार – कतारमा जारी गैरआवासीय नेपाली तारा २०२३ (चौथो संस्करण) प्रतियोगिताको आगामी फेब्रुअरी – २ तारिक ट्युनिसियन स्कुल अल लक्तामा हुने ग्राण्ड फिनाले कार्यक्रममा अतिथि निर्णायकको भुमिकामा नेपालबाट गायन बिधाको लागि बरिस्ठ सर्जक तथा गायक रामकृष्ण ढकाल र नृत्य बिधाको निर्णायकमा मोडल तथा कोरियोग्राफर पुर्णिामा श्रेष्ठ आउने पक्का भएको छ।
विभिन्न ४ चरण गरि पूरा हुने लागेको प्रतियोगिता गत डिसेम्बर -१ तारिकदेखी सुरु भएको हो, ६८ जना डिजिटल अडिसनबाट छानिए पनि ४९ जना प्रतिस्पर्धी मात्र प्रत्यक्ष सहभागी भएको पहिलो अडिसनबाट क्रमश दोस्रो, तेस्रो अडिसन सम्म आइपुग्दा गायन र नृत्य दुबै बिधाबाट समान ५-५ जनाले ग्राण्ड फिनालेको लागि बाजी मारेका हुन।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारले संयुक्त रुपमा आयोजना गरेको युक्त प्रतियोगिताको फिनालेको लागी आवश्यक तयारीको काम भइरहेको आयोजक समितिले जानकारी गराएको छ।
आयोजकको भनाई अनुसार निर्णायकले दिने ५० प्रतिशत र दर्शकहरुले दिने भोटको ५० प्रतिशत जोडेर विजेता छानिने प्रतियोगीतामा उपाधिको लागि गायन तर्फ दिपक कुमार घले भोटिङ नम्बर -१, इशान रेग्मी भोटिङ नम्बर -२, सुजन गुरुङ भोटिङ नम्बर -३, मानसिङ परियार भोटिङ नम्बर -४ र रुस्तम तामाङ भोटिङ नम्बर -५ ले भिड्ने छन भने नृत्यतर्फ जुनुमाया कुमाल भोटिङ नम्बर -१, सरोज लामा भोटिङ नम्बर -२, निरु श्रेष्ठ भोटिङ नम्बर -३, झरना राई भोटिङ नम्बर -४ र सौजन चाहार भोटिङ नम्बर -५ उपाधिको लागि आमनेसामने हुनेछन ।
“नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं” भन्ने मुल नारा सहित राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजित यो सिजनको प्रतियोगितामा गायन तर्फ बिरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालीरहेका छन भने ग्राण्ड फिनालेमा बरिस्ठ गायक ढकाल र नृत्यमा पुर्णिामा श्रेष्ठले अतिथि निर्णायकको भुमिकामा रहेर उत्कृष्ट प्रतिभा छान्न सहयोग गर्नेछन ।
प्रतियोगिताबाट विजेता हुने प्रतिस्पर्धीले गायन तर्फ -१ लाख ८१ हजार र नृत्य तर्फ १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन भने उपविजेताले समान ७५ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाउनुको साथै गायनतर्फबाट विजेता हुने प्रतिस्पर्धीलाई निर्णायक मङ्गल बि.कले आफ्नो एउटा गीतमा आवाज भर्न पाउने छन ।
प्रतिक्रिया दिनुहोस्