कतारमा जारी एनआरएन आइडलको ग्राण्ड फिनाले आउने शुक्रबार आयोजक संस्थाको कार्यसमिति सदस्यहरुले कुनै पनि प्रतिस्पर्धीलाई भोट नगर्ने….

दोहा कतार – कतारमा जारी गैरआवासीय नेपाली तारा २०२३ (चौथो संस्करण) प्रतियोगिताको फेब्रुअरी – २ तारिक अर्थात यहि आउने शुक्रबार ट्युनिसियन स्कुल अल लक्तामा हुने ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्ने कुनै पनि प्रतिस्पर्धीलाई आयोजक दुबै संस्थाका कार्यसमिति सदस्यहरुले भोट नगर्ने भएका छन ।

फाइनल तयारिको लागि आइतबार साँझ बसेको आयोजक समितिको संयुक्त बैठकले प्रतियोगितालाई थप निस्पक्ष र बिबाद रहित बनाउन भन्दै आयोजक दुबै सस्थाका कार्यसमिति सदस्यहरुले प्रतिस्पर्धी कसैको लागि भोट नमाग्ने र फाइनलको दिन भोटिङ्ग पनि नगर्ने निर्णय गरेको हो । त्यस्तै भोट गणनाको लागी पर्यवेक्षक हरुको सहयोगका लागी आयोजक संस्था भन्दा बाहिर बाट १० जना मत गणकको ब्यबस्था गर्ने जानकारी गराइएको छ भने मत गणना स्थान प्रवेश गर्न मिडिया पार्टनरको छुटै र केहि पत्रकारहरुको लागि पासको ब्यबस्था गर्ने एनसीसी कतारका सचिब सन्तोष क्षेत्रीले जनता खबरलाई बताएका छन।

विभिन्न ४ चरण गरि पूरा हुने लागेको प्रतियोगिता गायन र नृत्य दुबै बिधाबाट समान ५-५ जनाले ग्राण्ड फिनालेको लागि बाजी मारेका छन जसमा गायन तर्फ दिपक कुमार घले भोटिङ नम्बर -१, इशान रेग्मी भोटिङ नम्बर -२, सुजन गुरुङ भोटिङ नम्बर -३, मानसिङ परियार भोटिङ नम्बर -४ र रुस्तम तामाङ भोटिङ नम्बर -५ ले भिड्ने छन भने नृत्यतर्फ जुनुमाया कुमाल भोटिङ नम्बर -१, सरोज लामा भोटिङ नम्बर -२, निरु श्रेष्ठ भोटिङ नम्बर -३, झरना राई भोटिङ नम्बर -४ र सौजन चाहार भोटिङ नम्बर -५ उपाधिको लागि आमनेसामने हुनेछन ।

“नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं” भन्ने मुल नारा सहित राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारले संयुक्त रुपमा आयोजना गरेको यो सिजनको प्रतियोगितामा गायन तर्फ बिरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ, मंगल विक र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालीरहेका छन भने ग्राण्ड फिनालेमा नेपालबाट बरिस्ठ गायक रामकृष्ण ढकाल र नृत्यमा मोडल तथा कोरियोग्राफर पुर्णिामा श्रेष्ठ अतिथि निर्णायकको भुमिका निभाउन कतार आउने भएका छ्न।

आयोजकको भनाई अनुसार निर्णायकले दिने ५० प्रतिशत र दर्शकहरुले दिने भोटको ५० प्रतिशत जोडेर विजेता छानिने र यसरी छानिएर विजेता हुने प्रतिस्पर्धीले गायन तर्फ -१ लाख ८१ हजार र नृत्य तर्फ १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन भने उपविजेताले समान ७५ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाउनुको साथै गायनतर्फबाट विजेता हुने प्रतिस्पर्धीले निर्णायक मंगल बि.कको एउटा गीतमा आवाज भर्न अवसर पाउने छन ।
कार्यक्रममा जान आउन कतारको विभिन्न ठाउँबाट यातायातको सुबिधा पनि रहेको छ।

नोट :- टिकट बारे बाहिर केहि हल्ला चलेको भए पनि त्यस्तो भ्रममा कोहि नपर्नु भन्दै छापिएको टिकट जम्मा २००० प्रति र त्यसमा १० जना प्रतियोगिलाई उहाहरुले माग गरे अनुसार शुभेच्छुकहरुको लागी १०० को दरले दिईएको हो भने आयोजकको तर्फबाट प्रतियोगी कसैलाई करकाप नगरेको प्रष्ट पार्दै बाकि टिकट बिभिन्न सस्थामार्फत बितरण गरिने बताइएको छ ।

 

सम्बन्धित समाचार