गायक ईश्वर पाण्डेको पञ्चेबाजा गीत (अस्लेवाको गाउँ ) सार्वजनिक…..

दोहा कतार – आजभोलि साँङ्गीतिक आकाशमा नयाँ- नयाँ नेपाली गीतहरु पनि दैनिक दर्जनको हिसाबमा सार्वजनिक हुने गर्छन, कुनै गीतले दर्शकहरुको राम्रै साथ पाउछन भने कुनै गीतहरूको केहि अत्तोपत्तो हुदैन ।

हो यहि भिडमा यतिबेला सर्जक तथा गायक ईश्वर पाण्डेले आफ्नो एउटा उत्कृष्ट पञ्चेबाजा गीत (अस्लेवाको गाउँ) साँङ्गीतिक बजारमा सार्वजनिक गरेका छन, गायक पाण्डे आफैले कोरेका शब्दलाई सङ्गीतकार बसन्त थापाले संङ्गीत भरेका हुन भने एच.बि.एन किस्मतले संङ्गीत समायोजन तथा अडियो मिक्सिङ गरेका हुन।

पाण्डे आफैले र अहिले सर्वाधिक चर्चामा रहेकि गायिका सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजमा वन.डि.बि एच.डी नेक्स्ट लेबल स्टुडियोमा रेकर्ड भएको गीतमा तेजश रेग्मी, ईश्वर पाण्डे, यशु भट्टराई, दिपा पाण्डे, गोपाल पाण्डे र पबिता पाण्डेको मनै लोभ्याउने अभिनय हेर्न सकिन्छ।

सागर बाबू थापाले निर्देशन गरेका उक्त गीतको भिडियोलाई अजय रेग्मीले गुल्मी सत्यवती गाउपालिका- १ अस्लेवा वरिपरिका विभिन्न ठाउँको दृश्यलाई आकर्षक देखिने गरि आफ्नो क्यामरामा कैद गरिदिएका थिए भने भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन ।

माया पिरतिमै आधारित रहेर बनेको भए ता पनि भिडियोमा नेपाली समाजमा परम्परागत रुपमा चल्दै आइरहेको विभिन्न रितिरिवाज मध्यको एउटा बिबाहको प्रशङ्गलाई जोडिएको छ।

ईश्वर पाण्डे ( Ishwor Pandey) नामको युटुब च्यानल मार्फत आजै मात्रै सार्वजनिक भएको गीतको बजार व्यवस्थापन भने जीवन पाण्डेले गरेका छ्न।

भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

 

सम्बन्धित समाचार